दाङको विकास र समृद्धिलाई पार्टी र विचारले रोक्दैन: सभामुख महरा

काठमाडौं, चैत । सभामुख कृष्णबहादुर महराले दाङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दाङका जनप्रतिनिधिहरुसँग भेटवार्ता गर्नुभएको छ ।  बिहीबार दिउँसो सभामुख निवास वालुवाटारमा दाङका जनप्रतिनिधिहरुसँग भेटवार्ता गर्नुभएको हो । भेटमा सभामुख महराले दाङको समग्र विकासका लागि राजनीतिक दलभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताउनुभयो । ‘राजनीतिक आस्था र विचार आ–आफ्नो ठाउँमा छ, दाङको विकासका लागि सबै एकै ठाउँमा आउनैपर्छ, सभामुख महराले भन्नुभयो, ‘विकास र समृद्धिलाई पार्टी र विचारले रोक्दैन, रोक्नु पनि हुँदैन ।’ दाङको विकासका लागि सबै जनप्रतिनिधिहरु एक ठाउँमा आएर बृहत योजना बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । दाङको मुख्य समस्याका रुपमा रहेको खानेपानी र सिचाइका लागि दीर्घकालीन र अल्पकालीन योजना निर्माण गरी लाग्नुपर्ने उहाँले बताउनुभयो । ‘दाङमा खानेपानी र सिचाइको समस्या समाधानका लागि नदी डाइभर्सन, ४÷५ वटा हाइड्याम र अन्य स–साना आयोजनाहरु अघि बढाउनै पर्छ’ सभामुख महराले भन्नुभयो, ‘त्यस्तै, टरिगाउँ एयरपोर्टको स्तरोन्नति, इन्धन डिपोको स्थापना, नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययनलगायतका बृहत योजनाहरु सबैको दिमागमा बस्न जरुरी छ ।’ सभामुख महराले कोइलाबास नाका सञ्चालन गर्न सके दाङदेउखुरीको कायापलट नै हुन सक्ने बताउनुभयो । उहाँले दाङलाई लुम्बिनी र मानसरोवरसँग जोड्ने गरी सडक सञ्जाल बिस्तार गर्ने अनि स्वर्गद्वारीलाई ऐतिहासिक धार्मिक पर्यटनको केन्द्रका रुपमा जोड्न सके दाङमा चीन र भारतका पर्यटकहरुलाई भित्र्याउन सकिने बताउनुभयो । केही समयअघि मात्रै आफू दाङको भारतीय सीमा … Continue reading दाङको विकास र समृद्धिलाई पार्टी र विचारले रोक्दैन: सभामुख महरा