ताजा अपडेट

दाङको लमही, तुलसीपुरमा नविल बैंक र मुक्तिनाथ बैंकका शाखा सञ्चालनमा

          |   76 Views   |   Published Date : 6th April 2018 |

nabil-660x330

दाङ, चैत २३ । दाङमा बैंकका शाखा खुल्ने क्रम जारी छ । विगत एक हप्तामा जिल्लामा विभिन्न २ वटा बैंकका शाखा खुलेका छन् । स्थानीय तहहरुलाई अधिकार सम्पन्न बनाउने सरकारको नीति अनुसार जिल्लामा बैंकहरु थपिने क्रम जारी रहेको छ । यसैक्रममा पछिल्लो एक साताको अन्तरमा जिल्लाका लमही र तुलसीपुरमा नविल बैंक र तुलसीपुरमा मुक्तिनाथ बैंकका शाखा खुलेका छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बैंकको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले एक साताको अन्तिरमा पश्चिम नेपालका सुर्खेत, कैलालीलगायतका जिल्लामा पनि बैंकका शाखा खुलेको भन्दै आफ्नो सेवा गाउँ गाउँसम्म पु¥याउने बताउनुभयो ।

‘देशभर नविल बैंकले सेवा बिस्तार गरिरहेको छ । हालसम्म ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १ सय ९ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५ सय भन्दा बढी नविल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत् सेवाप्रदान गरिरहेको छ’, अध्यक्ष पौड्यालले भन्नुभयो, ‘यो सेवाको दायरा बढाउँदै लैजाने तयारीमा हामीहरु जुटिरहेका छौं ।’

त्यस्तै यसैसाता दाङको तुलसीपुरमा मुक्तिनाथ बैंकले आफ्नो शाखा खोलेको छ । तुलसीपुरको ‘ग’ लाइनबाट सञ्चालनमा आएको बैंकको दाङ क्षेत्रनम्वर ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गर्नुभएको हो ।

बैंकका कम्पनी सचिव डण्डपानी ढकालले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्य, निवर्तमान मेयर ढुण्डीराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हिराचन्द्र केसीले यस क्षेत्रमा वित्तीय संस्थाबीच प्रतिस्पर्धा धेरै भए तापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकाले सबैले खाता खोली कारोबार गर्न अनुरोध गर्नुभयो । अबको राष्ट्रिय एजेन्डा आर्थिक समृद्धिको भएको भन्दै केसीले बैंकलाई तुलसीपुरमा स्वागत गर्न पाउँदा खुसी भएको र सफलताको शुभकामना व्यक्त गर्नुभयो । हाल बैंकले अवलम्बन गरेको मोडेल हाम्रो देशको आवश्यकता रहेकाले सोहीबमोजिम यस विकास बैंकले योगदान दिने भएकाले सबैले सहयोग र साथ दिन अनुरोध गर्नुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१