ताजा अपडेट

सलमान खानले हरिण सिकार गरेको मुद्दाको फैसला अाज, के होला फैसला : जेल या बेल?

          |   159 Views   |   Published Date : 5th April 2018 |

Salman-at-Jodhpur_YBKNBRwhcR.jpg.1000x606_q70_crop-,0

मुम्बई (एजेन्सी)- बलिउडका सुपरस्टार सलमान खानले कालो हरिणको सिकार गरेको १९ वर्ष पुरानो मुद्दा खेपिरहेका छन्। यो मुद्दाको बिहीबार फैसला हुँदै छ।

यसका लागि सलमान जोधपुर पुगेका छन्। जोधपुर विमानस्थलमा कडा सुरक्षाबीच देखिएका सलमानसँगै उनका अंगरक्षक शेरा पनि थिए। जोधपुर जाने क्रममा सलमानलाई मुम्बईको कलिना विमानस्थलमा दुवै बहिनी अलविरा र अर्पिता, अभिनेता आफताब शिवदासानी लगायतले बिदा गरेका थिए ।

बिहीबार अदालतले सलमानलाई जेल हुने वा सफाइ दिने भन्ने फैसला सुनाउनेछ। हरिणको सिकार गरेको अभियोगमा सलमानसँगै सैफ अली खान र अन्य कलाकार समेत आरोपित छन्। फैसलाका क्रममा सबै आरोपितलाई अदालतमा उपस्थित हुन निर्देशन जारी गरिएको छ। आरोपित सबै कलाकार जोधपुर पुगेका छन्।

सलमानका साथै सैफ, तब्बू, सोनाली बेन्द्रे पनि यस मुद्दाका आरोपित छन्। उनीहरुमाथि हरिणको सिकारका लागि उक्साएको आरोप लगाइएको छ। सिजिएम कोर्ट (जोधपुर ग्रामीण) ले दुवै पक्षको बयान सुनिसकेपछि अब फैसला सुनाउन लागेको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१