सुर्यवंशी घर्ती क्षत्रीको अधिवेशन सुरु

यमकला भुसाल, तुलसीपुर, २१ चैत । सुर्यवंशी बशिष्ठ गोत्री सुयल घर्ती क्षेत्री (जिसी) वशं एकता समितिको दोस्रो अधिवेशन बुधबारदेखि तुलसीपुरमा सुरु भएको छ । वशं एकता समितिका केन्द्रिय अध्यक्ष धनबहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे नगर प्रमुख पाण्डेले वशंलाई प्रचारप्रसार गरी शिक्षा मन्त्रालयमा पास गरी दस्तावेजमा राख्न सके मात्र घर्ती क्षेत्रीहरुको छुट्टै पहिचान स्थापित हुने बताएका थिए । उनले जातिय हिसावले पनि एकले अर्कालाई नचिन्दा हरेक कुरामा वञ्चित हुनु परेकोे बताए । साथै वशं एकता समितिले ४० जिल्लाका जिसी परिवारलाई समेटेर विभिन्न कार्यक्रमहरु गर्दे आएको भन्दै पाण्डेले संस्थाकोे प्रसंसा समेत गरेका थिए । उक्त अवसरमा समितिकी महिला जेष्ठ सदस्य पिमा जिसी, नेपाल सरकार वन मन्त्रालयका सचिव तथा डा.युवक ध्वज जिसी,प्युठान सभापति कृष्णबहादुर जिसी,ओमबहादुर जिसी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । समितिका वरिष्ट उपाध्यक्ष नरेसबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका लिलाबहादुर जिसी र पत्रकार बसन्त विवस आचार्यले गरेको थिए । बुधवारदेखि सुरु भएको अधिवेशन तीन दिनसम्म चल्ने छ । Facebook Comments