सहमतिमै प्रदेश राजधानी – मुख्य मन्त्री पोखरेल

यमकला भुसाल, तुलसीपुर, २१ चैत । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले सहमति मै प्रदेश नं. ५ को स्थायी राजधानीको टुङ्गो लगाउने बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमो जवाफमा उनले सहमतिमै प्रदेशको स्थायी राजधानी टुङ्गो लगाउने बताएका थिए । ‘राजधानीको हकमा हामी जे गर्छौंं सहमतिका आधारमा गर्छौं।’ मुख्य मन्त्री पोखरेलले भने । तुलसीपुरमा भएका दुईवटा कार्यक्रमलाई सम्वोधन गर्दा झन्डै एक घन्टा बढी समय मनतव्य व्यक्त गरेका उनले स्थायी राजधानीका सवालमा भने एक शब्द पनि उच्चारण गरेनन् । तपाँईलाई दाङवासीले बोल्दै नबोल्ने ढंगाको मुर्ती जस्तै मुख्य मन्त्री भन्न थालेका छन्, दाङ स्थायी राजधानी हुन्छ कि हुँदैन र यो विषयले कहिले प्रवेश पाउँछ ? भन्ने पत्रकारले प्रश्न गर्दा उनले सहमति मै उक्त सवाल टुङ्गो लगाउने बताएका थिए । त्यस्तै उनले प्रदेश सरकारले निति तथा कार्यक्रमको रुपरेखा ‘डेमो’ चैत २५ गते सार्वजनिक गर्ने तथा चैत २९ गते प्रदेशको बजेट प्रस्तुत गर्ने जानकारी दिए । उनले त्यही रुप रेखाको आधारमा योजना पहिचान गर्दै ति योजनाहरुको डिपिआर गर्ने बताए । उनले प्रदेश नं. ५ लाई मिनी नेपालको रुपमा प्रस्तुत गर्दै त्यसको विकासका लागि विभिन्न योजनाहरु समेत प्रस्तुत गरेका थिए । सुरु मै नेपाली काँग्रेसका स्वर्गिए नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जली व्यक्त गरेर आफ्नो … Continue reading सहमतिमै प्रदेश राजधानी – मुख्य मन्त्री पोखरेल