सशस्त्र प्रहरी टोलीद्वारा अवैध हतियारसहित दुई जना पक्राउ
सप्तरी– सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका १ स्थित कोशी व्यारेजबाट सशस्त्र प्रहरीको टोलीले अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोही नगरपालिका ४ बस्ने ५४ वर्षिय अवदेश झा र २९ वर्षिय उमेश्वर झालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट सशस्त्र प्रहरी सहायक निरीक्षक ओमप्रसाद दाहालको कमाण्डमा भारदह स्थित चेक प्वाइन्टमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
टोलीले भारदहबाट को २४ प. ४८०० नम्बरको मोटरसाइकलमा कोशी व्यारेजतर्फ जाँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा १२ बोर बन्दुक १ नाल, त्यसमा लाग्ने टोटा ५ थान, खुकुरी १ थान र चक्कु १ थान फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले आवश्यक कारवाहीको लागि बरामद हतियार तथा मोटरसाइकलसहितै स्थानीय प्रहरीमा बुझाएको जनाइएको छ ।

Leave a comment