वैशाख ९ गते एमाले–माओवादी एकता
काठमाडौँः नेपालका दुई वाम घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते एकता हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर दुई पार्टीबीच एकताको टुंगो गरिएको हो । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई पार्टीको एकता संयोजन समिति बैठकमा एकताको मितिबारे सहमति भएको हो । पार्टी एकताका लागि गठित दुई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएपछि बसेको एकता संयोजन समितिको बैठकले नमिलेका केही कुराहरुबारे छलफल पनि गरेको थियो । संयोजन समितिको बैठकपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै केहीबेर छलफल पनि भएको छ । बैठकपछि बाहिरिँदै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब करिब सबै कुरा मिलिसकेको बताउँदै दुवै कार्यदले वैशाख ९ मै एकता गर्न प्रस्ताव गरेको जानकारी दिए । त्यसैगरी एमाले महासचिव इश्वर पोखरेलले दुवै प्रतिवेदनमा वैशाख ९ गते नै एकता गर्नुपर्ने प्रस्ताव गरिएको जानकारी दिए । ‘दुवै प्रतिवेदनमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन (वैशाख ९) मा पार्टी एकीकरण गर्न उचित हुने सर्वसम्मत सुझाव दिइएको छ’, उनले भने, ‘चैत २२ गते बस्ने एकता संयोजन समितिको बैठकले एकीकरणको मिति लगायत विषयमा औपचारिक निर्णय गर्नेछ ।’ दुवै कार्यदलको प्रस्ताव पछि दुई शीर्ष नेताले पनि सकारात्मक प्रतिक्रिया दिँदै कम्युनिस्ट पार्टी नै नाम राखेकाले कार्यदलले भनेको मितिलाई ग्रहण गरेका छन् । उनीहरु … Continue reading वैशाख ९ गते एमाले–माओवादी एकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed