आक्रमणपछि युट्युबका कर्मचारीलाई बाहिर निकालिँदै । तस्बिर : रोयटर्स चैत्र २१| अमेरिकाको क्यालिफोर्नियामा रहेको युट्युबको मुख्यालयमा एक महिलाले अन्धाधुन्ध गोली चलाएकी छन् । उत्तरी क्यालिफोर्नियामा रहेको युट्युबको मुख्यालयमा स्थानीय समय अनुसार मंगलबार दिउँसो आक्रमण भएको हो । आक्रमणमा परि तीनजना घाइते भएका छन् । आक्रमणकारी महिलाले आफैलाई गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ३६ वर्षका एक पुरुषको अवस्था गम्भीर रहेको र उनी आक्रमणकारी महिलाका प्रेमी रहेको अनुमान गरिएको सिबिएस न्युजले जनाएको छ । यस्तै घाइते हुनेमा ३२ र २७ वर्षका अरु दुई महिला रहेका छन् । क्यालिफोर्नियाको सान ब्रुनोमा रहेको युट्युबको मुख्यालयमा आक्रमण भएको हो र प्रहरीले यसको अनुसन्धान गरिरहेको छ । युट्युबको मुख्यालयमा १७ सय भन्दा धेरै कर्मचारीले काम गर्दै आएका छन् । त्यहाँ कार्यरत सबैलाई सुरक्षित रुपमा बाहिर निकालिएको र सुरक्षा व्यवस्था कडा बनाइएको स्थानीय अधिकारीले बताएका छन् । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed