प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देश बीचको सम्बन्धमा थप सुधार हुने:मुख्यमन्त्री पोख्रेल
शरद रेग्मी दाङ, चैत २१ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रधानमन्त्री केपी वलीको भारत भ्रमणबाट दुई देश बीचको सम्बन्धमा थप सुधार हुने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार तथा सम्मान कार्यक्रममा बोल्दै पोख्रेलले भ्रमणले छिमेकी देशहरुसँगको सम्बन्ध सुदृढ हुने र त्यसले देशको दिगो विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । दुई देश बीच नयाँ शिराबाट सम्बन्ध व्यवस्थित हुने भन्दै मुख्यमन्त्री पोख्रेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुने पनि बताउनुभयो । ‘यस अघि छिमेकीसँग विवाद गर्ने कि लम्पसार पर्ने भन्ने वहस चल्थ्यो । त्यो सबै नयाँ शिराबाट अगाडि बढ्छ । भारतबाट नेपालले धेरै लाभ लिन सक्छ । पोख्रेलले सम्बन्धलाई सुमधुर बनाउन आवश्यक रहेको छ । ’ पोख्रेलले विकासमा अब जनताको सहभागीता हुने गरी आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउने बताउनुभयो । उहाँले अब देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । उहाँले अब स्थिर सरकार गठन भएको र मुलुकको अर्थतन्त्रलाई समृद्धिको दिशातर्फ लैजाने विश्वास समेत व्यक्त गर्नुभयो । यसैबीच मुख्य मन्त्री पोख्रेललाई एन प्याव्सनले स्वागत तथा सम्मान गरेको छ । सो अवसरमा एन प्याव्सन प्रदेश नम्वर ५ का संयोजक सुवोधकुमार डाँगी, केन्द्रीय सदस्य प्रकाशकुमार शर्मा र दाङ जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीले स्वागत तथा सम्मान गर्नुभएको थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed