निर्माधिन कल्भर्टको अनुगमन
दाङ, चैत २१ । जिल्ला समन्वय समिति दाङले घोराही उपमहानगरपालिका ६ को पक्वैचोक देखि फनबहादुर डाँगीको घरसम्म जोडने सडकको अनुगमन गरेको छ ।
जिल्ला समन्वय समितिका उप्रमुख श्रीधर शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले सडक र सडकखण्डमा पर्ने कराइया र सेवाखोलामा निर्माधिन कल्भर्टको समेत अनुगमन गरेको थियो । अनुगमन टोलीले उपभोक्ता समितिसँग छलफल समेत गरेको थियो ।
अनुगमन टोलीले कल्भर्ट निर्माणको काम सन्तोषजनक नभएको भन्दै प्रभावकारी बनाउन सुझाव दिएको थियो । अनुगमनमा जिल्ला समन्वय समितिका सदस्य तिला बुढा र लोकि विश्वकर्माको पनि सहभागिता थियो ।
Facebook Comments



Leave a comment