ताजा अपडेट

असहाय बालक बने स्कुलको द्धितिय, चौधरीको सपना पूरा हुँदै

          |   123 Views   |   Published Date : 4th April 2018 |

bijau balbalika तुलसीपुर, चैत । तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल बिकास नेपालले पालन पोषण तथा शिक्षा दिक्षा दिईरहेका १३ जना बालवालिकाहरुले पढाईमा उत्कृष्ठ अंक ल्याउन सफल भएका छन् ।

तुलसीपुर ४ बरुवागाउँमा रहेको पब्लिक ज्ञान ज्योतीमा अध्ययान गरिरहेका ती बालबालिका मध्य एक जना बिद्यार्थी स्कुल दोस्रो हुन पुगेका छन् । रुकुम आठबिसकोट घर भएका प्रकाश बि.क. स्कुलकै दोस्रो हुन सफल भएका हुन् । सोमबार प्रकाशित स्कुलको परिक्षाफलमा उनले ९८.५७ प्रतिसत ल्याएर स्कुलकै दोस्रो बन्न सफल भएका हुन् ।

कक्षा नर्सरीबाट ६ सय ९० अंक ल्याएर स्कुल दोस्रो हुन सफल भएका हुन् । साथै असहाय वाल विकास बिजौरीमा बस्दै आएका अन्य १२ जनाले पनि ८० प्रतिसत भन्दा बढी अंक प्राप्त गरेर उत्तिर्ण भएका छन् ।

बाल विकासमा बस्दै आएका ९ जना बालबालिकाले कक्षा १ , ३ जनाले नर्सरी र १ जनाले यूकेजी पास गर्न सफल भएका छन् ।

कक्षा १ बाट होम बहादुर घर्तीले ९६.१४ प्रतिसत ल्याएर उत्तिर्ण हुन सफल भएका छन् । त्यस्तै कक्षा १ कै अनिशा भुजेल ९५ प्रतिसत, मोतीराम पुनले ९४.७१ प्रतिसत, चेतना शर्माले ९०.७१ प्रतिसत, अनुज बस्नेतले ८९.२९ प्रतिसत, रेखा बिकले ८८.४३ प्रतिसत, अमृता बिसीले ८७ प्रतिसत अंक प्राप्त गरी उत्तिर्ण हुन सफल भएका छन् । त्यस्तै नर्सरीका बादल बिकले ९७ प्रतिसत, अधिराज भुषालले ९५.७१ प्रतिसत, शारदा बुढाथोकीले ९५ प्रतिसत अंक ल्याएर उत्तिर्ण भएका छन् ।

त्यस्तै युकेजीका सीता विकले ८५.२९ प्रतिसत अंक ल्याएर उत्तिर्ण भएका छन् । उनीहरुलाई बिगत एक बर्ष देखि पब्लिक ज्ञान ज्योतीले असहाय वालबालिकालाई निःशुल्क पठनपाठन गराउँदै आएको छ ।

असहाय वाल विकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरीले आफुले वालवालिकाको भबिष्यका लागि गरेको योग्दानले सार्थकता पाएको बताए । ‘ बालबालिकाको भबिष्यका लागि मैले जुन योग्दान गरेको छु’ उनले भने ‘ उक्त योग्दानले गर्दा नै अहिले बालबालिकाहरुले उत्कृष्ठ अंक ल्याउन सफल भए ।’ आफुले पालन पोषण गरेका वालवालिकाले उत्कृष्ठ स्थान ल्याएको भन्दै खुसी पनि ब्यक्त गरे ।

उनले आफुले तिनै बालबालिकाको भबिष्यको लागि संस्था सञ्चालन गरेको बताए । २०७२ पुस २८ गते तत्कालिन सभामुख ओनसरी घर्तीले उक्त संस्थाको उद्घाटन गरेकी हुन् । उक्त संस्थामा शाहारा बिहिन भएका दाङ रुकुम, प्युठानका बालबालिकाहरुलाई पालनपोषण तथा शिक्षा दिक्षा दिदै आईएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१