ताजा अपडेट

पत्नी वियोगमा मदनकृष्णका आँशु थामिएनन्

          |   138 Views   |   Published Date : 3rd April 2018 |

madan काठ्माडौं, चैत २० । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यसोदा श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट ग्रसित यशोधाको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो। उनको गए राति पौने ११ बजे उपचारको क्रममा अस्पताल मै मृत्यु भएको परिवारले बताएको छ। कलाकार मदनकृष्णले यशोदा सुबेदीसँग २०३० सालमा अन्तरजातीय विवाह गरेका थिए।

मदनकृष्ण पत्नी यशोदालाई पहिले आन्द्राको क्यान्सर, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर भएको थियो। क्यान्सरका कारण पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएका थिए। उनको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

निधनको खबर लगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । उनका एक छोरा यमन र छोरी सरना छन्। छोरा यमन श्रेष्ठले दागबत्ती दिएका थिए।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१