ताजा अपडेट

दयाहाङ राई ‘भिलेन’ रुपमा

          |   212 Views   |   Published Date : 3rd April 2018 |

aaaa

 चैत २० |  चलचित्रको पर्दामा नायक दयाहाङ राइको अभिनयको तारिफ जति गरेपनि कमै हुन्छ । दयाको अभिनयले नै उनलाई चलचित्र क्षेत्रमा फरक बनाएको छ । तर, धेरै चलचित्रमा काम गर्दा दया आलोचित पनि बनेका छन् ।

दयालाई चलचित्रको पर्दामा दर्शकले नायकको रुपमा धेरै पटक हेरे । तर, यसपटक उनलाई दर्शकले भिलेनको रुपमा हेर्न पाउनेछन् । चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नेप्टे’मा दयाहाङ राई खलपात्रको भूमिकामा देखिदैछन् । यो चलचित्रमा उनले हिरोको कुटाई खाएका छन् । यसैले पनि दर्शकका लागि यसपटकको दयाको यो रुप फरक टेष्टको हुनेछ ।

चलचित्रमा रोहित रुम्बा, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यसपटक, रोहित र वुद्धिको भिडन्त दयासँग पर्नेछ ।
नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको चलचित्रले दर्शकलाई रमाइलो दिने निर्माता तथा नायक रोहित रुम्बाको भनाई छ । चलचित्रमा आफ्नो भूमिकालाई लिएर दया पनि उत्साहित देखिएका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१