ताजा अपडेट

दुई बस आपसमा ठक्कर खाँदा १८ जना यात्रु घाइते

          |   225 Views   |   Published Date : 2nd April 2018 |

Capture-33

रुकुम, चैत १९ । सल्यानमा दुई बस आपसमा ठक्कर खाँदा १८ जना यात्रु घाइते भएका छन्। राप्ती राजमार्ग अन्तर्गत बागचौर नगरपालिका– ५ सिवरत मूलखोलामा दुई बस आपसमा ठोकिँदा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बांगेलाखुरीका इञ्चाज राजबहादुर चन्दका अनुसार काठमाडौंबाट रुकुम जाँदै गरेको ना ७ ख २०४५ नम्बरको बस र रुकुमबाट दाङ जाँदै गरेको ना ४ ख ४८६१ नम्बरको बस आपसमा ठोकिएका हुन्।

घाइतेहरुमध्ये मुसीकोट नगरपालिका–५ की पुष्पा गौतमलाई एम्बुलेन्समार्फत रुकुममै ल्याइएको छ भने, सुकिदह सल्यानका बिमल खड्का र मुसीकोट नगरपालिका १० का पूर्णशिव सुनारलाई उपचारको लागि रिफर गरिएकोे प्रहरीले जनाएको छ। अन्य घाइतेहरु स्थानीय मेडिकलमा उपचारपछि फर्किएका प्रहरीले जनाएको छ। दुवै बस र चालक प्रहरी नियन्त्रणमा लिएको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१