ताजा अपडेट

”पढ्दै जादा म छांगा बाट खसे झै भए र सबै एउटा भ्रम जस्तैं लाग्यो ।उनले पत्र मार्फत मलाई प्रेम प्रस्ताव राखेकी रहेछिन

          |   188 Views   |   Published Date : 1st April 2018 |

दीपक जी.एम.''आर्जव '' कथा : अप्रेल फूल

April-Fool-New-1491022826_835x547

बिहानै सुमधुर चराहरुको आवाजले म ब्युझिए ।नुहाइधुवाइ गरेर नास्ता खाए अनि पसलको चाबी बोकी म पसल तिर लागे ।सधै झै म आज पनि पसल पुगे तर अरु दिन भन्दा आज वजार अलिक सुनसान थियो ,कारण आज शनिबार थियो ।

केही क्षणको लागी भएपनि मैले पसल खोलिदिए र नजिकैमा रहेको होटलमा चिया पिउन पुगे,बिहानीको चिसो सिरेटोमा चियाको चुस्की लगाउँदै पत्रिका पढ्न थाले ।चिया भ्याएर म पुनह पसलमा पुगे अनि सरसफाई गर्न थाले ।सरसफाई गर्ने क्रममा एक्कासी फोनको घण्टीले म झसँग भए,फोन उठाउँदै मैले हेलो भने अनि उता बाट पनि हेलो को आवाज आयो तर कुनै लेडिजको अनि मैले कसलाई खोज्नु भएको भनी प्रश्न गरे ।जवाफमा ” मलाई चिनेनौ म कल्पना हो …तिम्रो कॉलेजको साथी ”ए ए सोरी मैले कस्तो ठम्याउनै पाएन ”


अहँ भन कल्पना के कति काम ले आज एकबिहानै फोन गर्यौ ? ” ए अब तिमी सँग कुरा गर्न काम नै हुनु पर्छ हो ” मैले त्यस्तो भन्न खोजेको होइन,आज बिहानै सम्झियौ त्यसैले सोधेको मात्र हुं..अन्यथा नलेऊ न कल्पना ”
कल्पना बोल्दै ”मलाई तिमीसँग एकदमै जरुरी काम छ दीपक अनि तिमीसँग एउटा कुरा पनि गर्नु छ जून म तिमीलाई धेरै पहिले देखि नै भन्न खोजिरहेको थिए। त्यसैले प्लिज मलाई भेट दीपक आज जसरी भएपनि ११ बजे तिर सिटी गार्डेन कटेजमा”भन्दै फोन राखिन ।

कल्पनाले बोलेका शब्दहरुले मलाई कता कता मनमा काउकुती लाग्न थाल्यो किनकी म उनलाई पहिले देखि नै मन पराउँथे । किन बोलाएको होला,के काम पर्यो होला भनी सोच्दै थिए की त्यतिकैमा कल्पनाका साथीहरु म भएतिर आउन लागेको देखे ।उनीहरू झन पछि झन नजिकिदै थिए भने मेरो मनमा डर उत्पन्न हुन थाल्यो । हेर्दा हेर्दै उनीहरू मेरो अगाडी आएर उभिए ” हाय दीपक के सोच्दै बसेको भनी सम्बोधन गरे ।

जवाफमा ” केही पनि होइन यतिकै अल्छी लागेर एकोहोरो भएको मात्र हुं” । तिनीहरू माझ बाट एकजनाले खल्ती बाट केही झिक्दै ” ल लेउ दीपक यो पत्र भनी मेरो हातमा थमाइदिए” मलाई अचम्म लाग्यो ” के हो यो भनेर प्रश्न गर्दा ” खोइ हामीलाई केही पनि थाहा छैन,कल्पनाले तिमीलाई दिनु भनेकी थिइन त्यसैले दिन मात्र आएका हौ,ल अब हामी जान्छौ भन्दै उनीहरू आफ्नो गन्तव्य तिर लाग्छन। म भने ट्वाल्ल परिरहे ।केही समय पस्चात के रहेछ कागज भनी पढ्न थाले ”पढ्दै जादा म छांगा बाट खसे झै भए र सबै एउटा भ्रम जस्तैं लाग्यो ।उनले पत्र मार्फत मलाई प्रेम प्रस्ताव राखेकी रहेछिन ,एक मन अचम्म लाग्यो भने अर्को मन खुसी पनि लाग्यो किनकि मेरो सपना साकार भएको थियो ।
मनमा खुसी छाउन थाल्यो।कति पनि ढिला नगरी पसल बन्द गरेर म हतार हतार घर पुगे अनि नुहाइधुवाई गरी लुगा लगाउन थाले,घड़ी हेर्दा १०:३० भईसकेको थियो त्यसैले हतारिदै खाना पनि नखाएर म सिटी गार्डेन पुगे अनि बगैंचा बाट गुलाबको फूल टिपी खल्तीमा राखी कटेजमा छिरे । वेटरको आगमन भयो अनि पानीको ग्लास राख्दै ”सर के लिनु हुन्छ ?जवाफमा ” अहिले एक्छिन पछि आउ है भाई ” हस सर भन्दै ऊ निस्किन्छ ।खल्ती बाट फूल झिक्दै कल्पना लाई सम्झिन थाले साथै कलेजका ती दिनहरु जून मैले उनी सँग बिताए ।

कलेजमा उनी बेलाबेलमा मलाई हेर्दै मुस्कुराउने गर्थिन अनि म सँग जिस्किदै मलाई बेला बखतमा चिम्टी पनि लगाउने गर्थिन, त्यो उनको म प्रति माया रहेछ जून मैले बुझ्न सकेन । डर ले मैले पनि उनी सामु प्रेम प्रस्ताव राख्न सकिन के थाहा मलाई की उनको मनको राजकुमार मै हुं भनेर ।तर अब सबैथोक छर्लंग भएको छ । मनमा नानाथरिका कुराहरु सोच्दै थिए की बाहिर बाट वेटर ले सर भनी मलाई झस्काई दियो ।

आउ भाई भन्दै मैले उसलाई भित्र बोलाए ” सर के ल्याउ ? भाई म कसैलाई कुरी बसेको छु त्यसैले एक्छिन पछि खाउँला है बरु मलाई एक जग पानी ल्याउ देउ न है ” हस सर हुन्छ भन्दै ऊ निस्किन्छ । मेरो आँखा पुनह घड़ी तिर जान्छ दिउँसको २:०० बजिसकेको हुन्छ तर पनि उनको कुनै अत्तोपत्तो हुदैन । किन ढिला गरिन होला भन्दै मैले उनलाई फोन गरे तर उनको फोन उठेन अनि पुनह मैले अर्को पटक उनलाई फोन गर्दा कुनै जवाफ न आएपछि मेरो मनमा अनेकौ प्रश्नहरु उचालिन् थाले ” कतै केही त भएन,उनलाई सन्चो त छ..!

आज शनिबार घरमा धेरै काम छ होला शायद त्यसैले उनी आउन ढिला गर्दैछीन। मन लाई सम्हाल्दै फेरी पनि म गुलाब तिर नजर दौडाउँदै सोच्न थाल्छु ” पर्खाइको फल मिठो हुन्छ भन्छन त्यसैले होला उनी आउने बाटो कुर्दै मन उत्साहित भएको छ ।जीवन भोगाइमा आजको दिन जस्तो रमणीय मलाई अहिले सम्म लागेको थिएन । आजको भेट्घाट मेरो जीवनको अति महत्वपूर्ण अनि विशेष छ जसको पर्खाइमा बेग्लै आनन्द महसुस गर्दै छु।
उनी कुनै काममा फसेको होलिन जस्तो लाग्यो मलाई शायद अब त आउँछिन होला भन्दै कुर्दै बसे तर समयले कहा साथ दिन्छ र..। गर्दा गर्दा बेलकाको ४ पनि बजिसक्यो तर पनि उनी आएनिन्।मैले उनलाई फोन हान्न थाले तर फोन उठेन अर्को पटक प्रयास गरे तर कुनै जवाफ न आएपछि मलाई कता कता डर लाग्यो उनी आउँदै गर्दा बाटोमा केही भयो की या फेरी घरमा केही अप्ठ्यारोमा परिन की भन्ने मनमा त्रास उत्पन्न भयो अनि कत्ति पनि ढिला नगरी म उनको घर तिर लागे ।

उनको टोल नेर पुगेको मात्र के थिए की हांसो को गडगडाहट ले म रोकिए ।कल्पनाको घर नजिकै कल्पनाको साथी मायाको घर थियो जहा सबैजना भेला भएका रहेछन ।म कान ठाडो पार्दै पर्खाल बाट बिस्तारै उनीहरू बोलेको सुन्न थाले ।माया बोल्दै थिइन ”कस्तो टिठ लागेको छ मलाई,तैले यस्तो नगर्न पर्ने कल्पना ” हास्दै कल्पना बोल्छिन ” मैले त आज दीपकलाई पागल नै बनाए,उनी त मलाई कुरेर बसिरहेका होलान सिटी गार्डेनमा म आउँछु भनेर अनि मैले तिमीहरू मार्फत प्रेमप्रस्ताव पनि राखे,दीपक भने सारै खुसी होलान तर उनलाई के थाहा की आज अप्रैल फूल हो भनेर” यति भन्दै खित्का लगाउन थाल्छिन साथै सबै जना गललल हास्छन । कल्पना चाही बिचरा दीपक भन्दै चुकचुकाउछीन।
म भने ती सब सुनेर आफ्नो बाटो लागे ” मनमनै कल्पना देखि रिस पनि उठ्यो तर आज मलाई कल्पनाले अप्रेल फूल बनाएकोमा आफै देखि हासो पनि उठ्यो अनि हास्दै म गन्तव्य तिर लागे ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१