ताजा अपडेट

नयाँ बर्ष साँस्कृतिक कार्यक्रम २०७५ लाई सहयोग जुट्ने क्रम जारी

          |   198 Views   |   Published Date : 31st March 2018 |

29570484_1933730443603725_5153008184547197391_n

बिष्णुकुमार देवकोटा दाङ चैत्र १७ | दाङको घोराहीमा आयोजना हुनलागेको नयाँ बर्ष साँस्कृतिक कार्यक्रम २०७५ लाई सहयोग जुट्ने क्रम जारी रहेको आयोजक समितिका सदस्य हरी श्रेष्ठले जानकारी दिनुभएको छ ।

रोल्पाली सेवा समाज द्धारा यहि चैत्र ३० गते दाङको घोराही स्थित बाल मन्दिरको प्राङ्गणमा आयोजना हुन लागेको केन्द्रिय स्तरको कार्यक्रमलाई दाङ जिल्लाका व्यापारी, बुद्धिजिवी, पत्रकार तथा आम सर्वसाधारणले पनि आर्थीकसहयोग गरी सफलबनाउने अभियानमा सरीकभएका आयोजक रोल्पाली सेवा समाजले जनाएको छ ।

समाजले सुस्तमनस्थिती भएका बालबालिकाहरुलाई समेत सहोग गर्ने उद्धेस्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ । कार्यक्रममा केन्द्रिय साँगितिक ब्याण्ड कववेव र स्पन्दन ब्याण्ड, केन्द्रिय मोडलहरु तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिका सदस्य सुदन नेपालले जानकारी दिनुभयो ।

अहिले सम्म सर्वाधिक सहयोग कर्ताहरु घोराहीका स्थापित व्यापारीक प्रस्ठिानहरु हारुण सिलाई मेसिन पसल का प्रोपराईट हारुण ईद्रिसी, राप्ति मगर ज्वैलर्सका प्रोपराईटर मोहन लाल बुढामगर लगाएतले आर्थीक सहयोग गर्नुभएको आयोजकले जनाएको छ ।

नयाँ बर्षलाई स्वागत गर्न नेपाली समाज आतुर रहेको अवस्थामा दाङमा आयोजना हुन लागेको केन्द्रिय स्तरको कार्यक्रमलाई सफल बनाउन आम दाङ बासीहरु ब्यग्रप्रतिक्षारत रहेको दाङबासीहरुले बताएका छन् । कार्यक्रमको मुख्य सहयोग कर्तामा समाजसेवी वावु पुन हुनुहुन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१