ताजा अपडेट

आत्महत्या न्यूनिकरणका लागि नियमति योग र व्यायाम आवश्यक

          |   109 Views   |   Published Date : 29th March 2018 |

gajendra bahadur

यमकला भुसाल तुलसीपुर,  चैत । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर क्षेष्ठले नियमित योग र व्यायामले आत्महत्या न्यूनिकरण हुनसक्ने बताएका छन । ईलाका प्रहरी कार्यालय तुलसीपुर र सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरको सयुक्तं आयोजनामा बुधवार तुलसीपुरमा भएको आत्महत्या न्यूनिकरणका लागि सचेतना अभियान कार्यक्रमलाई सम्बोधन गर्दे क्षेष्ठले त्यस्तो बताएका हुन ।

समाजमा विकासको क्रमसंगै मानिसमा मानसिक समस्या बढ्दै जाने वा मान्छे डिप्रेसनमा गएर आत्महत्या गर्नेको सङ्या बढ्दै गएको उनले बताए । उनले यसको न्यूनिकरणका लागि नियमित योग तथा प्राणायाम गर्नसके मानसिक तथा शारिरीक रुपमा स्वस्थ्य हुन सकिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि क्षेष्ठले मानिसको अमुल्य जीवनलाई जोगाउन र आत्महत्या जस्ता जघन्य अपराधलाई न्यूनिकरण गर्न यस्ता कार्यक्रमहरु गाउँगाउँसम्म पु¥याउनुपर्नेमा जोड दिए । ‘मानिस असल मात्र भएर हुर्दैन सफलपनि बन्नुपर्छ र त्यसका लागि योग अति आवश्यक छ ।’ उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दे विशिष्ट अतिथि संघीय ईकाइ प्रहरी कार्यालयका प्रमुख दिलिपकुमार चौधरीले २०७५ साल भदौ १ गतेदेखि अपराध सहिंता काकुन लागु हुन लागेको बताए । उनले भने‘जस्ले आत्महत्या गर्न उस्काउछ त्यो व्यक्तीलाई कानुले सजाय दिन्छ । मानसिक रोगीलाई काउन्सिलिङको माध्यमबाट सहि बाटोमा लैजान सक्नुपर्छ ।’ चौधरीले आत्मबलको कमिले गर्दा आत्महत्या गर्नेको संख्या दिनहु बढ्दै गएको र अबको कानुनले आत्महत्या नगर्न प्रेरित गर्ने आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधनगर्दे अर्का विशिष्ट अतिथि दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिहंले छोरीलाई चन्द्रमा जस्तो नभएर सुर्य जस्तो तेजिलो बनाउनुपर्ने बताइन । उनले महिला हिसां न्यूनिकरण र परिवार मैत्री वातावरणमा जोड दिनसके मात्र आत्महत्याका घटनामा कमि आउने उल्लेख गिरिन ।

एसपी सिंहले जिल्लामा आत्महत्या सम्बन्धी २०७१ साउनदेखि ०७४ फागुनसम्मको तथ्याङ्क हेर्दा ६ सय २० जनाले आत्महत्या गरेको हुँदा यो रोक्न सबै सचेत बर्ग लाग्न आवश्यक रहेको बताइन । आत्महत्या गर्नेमा ४९ं.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला रहेका एसपी सिंहले जानकारी दिइन । दाङमा सबै भन्दा बढी झण्डिएर ६३.६ प्रतिशत आत्महत्या गर्नेहरुको संख्या रहेको उनले बताइन ।

त्यस्तै विष सेवन गरेर आत्महत्या गर्नेको सङ्या ३६.१३ प्रतिशत छ भने आफैलाई आगो लगाएर ,हाम फालेर र आफैलाइ गोली हानेर आत्महत्या गर्नेको सङ्या ३ . ५५ प्रतिशत रहेको एसपी सिंहले जानकारी दिइन । सबै भन्दा बढी आर्थिक वर्ष २०७३÷२०७४ मा १ सय ८६ जनाले आत्महत्या गरेको एसपी सिंहले बताइन । हरेक वर्ष २ सयको हाराहारीमा आत्महत्याका घटनाहरु देखिनु अत्यन्तै डरलाग्दो तथ्याङ्क रहेको उनले बताइन ।

साथै उनले मानव सभ्यताको २१ औँ सताब्दीमा आइपुग्दा सम्म यस्ता मानविय कमजोरीहरु दिन प्रतिदिन बढ्दै जानुले हाम्रो सभ्यतालाई नै चुनौती दिइरहेको उनले बताइन । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरकी प्रमुख नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्य,डा.मुरली मनोहर रौनियार, तुलसीपुर उद्योग वाण्ज्यि सघंका सल्लाहाकार विमल रिजाल, सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आरके शितल,महिला रक्षंक सञ्जालकी सयोजंक सुस्मा गिरी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरकी सदस्य निरला अर्याल गैरेले कार्यपत्र प्रस्तुत गरेकी थिइन भने जस्को टिप्पणीकर्ताको रुपमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सुसील बस्नेत रहेका थिए ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा डिएसपी प्रकाश सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सचिव सरद रेग्मीले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१