विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिवमा दाङका प्रकाश
दाङ, चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को महासचिवमा दाङका प्रकाश शाही चयन हुनुभएको छ । केही दिन अघि बसेको संगठनको दोस्रो बैठकले उहाँलाई महासचिवमा चयन गरेको हो ।
घोराहीमा भएको २१ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चिरञ्जीवी ढकालसहित ५९ सदस्यीय केन्द्रीय कमिटी चयन भए पनि अन्य पदाधिकारी चयन हुन सकेको थिएन । जसको उपाध्यक्ष रुद्र भट्टराई, महासचिव प्रकाश शाही, सचिव सन्तोषी भट्टराई, कोषाध्यक्ष नरेन्द्र बिकलगायतका रहनुभएको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१ औं राष्ट्रिय सम्मेलनु भन्ने मुल नाराको साथ संगठनको राष्ट्रिय सम्मेलन ३ दिनसम्म चलेको थियो ।
सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपरिषद् प्रमुख सन्तोष बुढा मगरले गर्नुभएको थियो । देशभरका ७ सय प्रतिनिधि पर्यवेक्षक सहभागी भएको सम्मेलनले उहाँहरुलाई छनोट गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीको धादिङमा बसेको केन्द्रीय समितिको बैठकले ३० वर्ष उमेर पुरा भएकालाई विद्यार्थी राजनीतिबाट विदा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यो केन्द्रिय समिति छनोट भएको थियो ।

Leave a comment