लालु यादवलाई १४ वर्षको जेल सजाय

पटना– चर्चित ‘चारा घोटाला कान्ड’ अन्तर्गत चौथो मुद्दामा दोषी ठहर गर्दै विहारमा पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई १४ वर्षको जेल सजाय सुनाइएको छ। उनले ६० लाख भारतीय रुपैयाँ जरिवाना समेत बुझाउनु पर्नेछ। सो काण्ड ‘दुमका ट्रेजरी काण्ड’का नामले समेत परिचित छ। राँचीस्थित सिबिआईको विशेष अदालतले फैसला सुनाउँदै उनलाई छुट्टाछुट्टै फैसलामा ७/७ वर्षको सजाय तथा ३०/३० लाखको जरिवाना तोकेको छ। सिबिआईका विशेष न्यायाधीश शिवपाल सिंहको एकल इजलासले आइपिसीको धारा १२० बी, ४६७, ४२०, ४०९, ४६८, ४७१, ४७७ ए र पिसीसी एक्टको धारा १३(२), रेड विथ १३(१)(सी)(डी) को आधारमा यादवलाई सजाय तोकेको हो। जरिवाना नतिरेको खण्डमा उनको सजायमा १ वर्ष थप हुनेछ। सिबिआईका प्रवक्ताले यस काण्डमा पनि लालुलाई अदालतले आपराधिक षड्यन्त्र एवम् भ्रस्ट्राचार लागायतका विषयमा दोषी ठहर गरेको बताए। उनले भने,‘लालु यादवलाई आपराधिक षड्यन्त्र, धोखा, साक्षी लुकाउने, पदको दुरुपयोग गर्ने आदिसँग जोडिएका भारतीय कानुनका विभिन्न धाराहरु तथा भ्रष्ट्राचार निवारण अधिनियमको धाराका आधारमा दोषी ठहर गरेको छ।’ राँचीमा लालु प्रसाद यादवको विरुद्धमा चारा घोटाला कान्डसँग जोडिएका कुल ५ मुद्दा दायर भएका थिए। यसअघि उनीविरुद्धका ३ मुद्दाको फैसला भइसकेको छ। चारा घोटाला अन्तर्गतकै देवघर कोषागार र चाइबासा कोषागार मुद्दाको फैसलापछि उनलाई बिरसा मुन्डा जेल चलान गरिएको थियो। यसैअन्तर्गत दुमका कोषागारको अवैध निकासी मुद्दाको सुनुवाई मार्च ५ मा नै भएको थियो भने आर्थिक अपचलन मुद्दाको सुनुवाई भने आगामि शनिबार … Continue reading लालु यादवलाई १४ वर्षको जेल सजाय