पर्यटक आकर्षण गर्न स्थानीय वस्तुको प्रवद्र्धन गरौं : डाँगी
विगतमा छिल्लीकोट गुरुयोजना तयार भएकाले अब उपमहानगरकोतर्फबाट अध्यावधिक गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डाँगीले छिल्लीकोटमा आन्तरिकमात्र नभई बाह्य पर्यटकहरुको समेत आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने बताएका थिए । कालिका मालिका एवम छिल्लीकोट संरक्षण समितिका अध्यक्ष पूर्णबहादुर पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यले छिल्लीकोटको विकासका लागि उपमहानगरकोतर्फबाट विशेष कार्यक्रम अघि सार्न थालिएको बताएकी थिइन ।
छिल्लीकोटमा खानेपानी सुविधाका साथै गुरु योजना अध्यावधिक गरेर कार्यान्वयनमा लैजाने बताइन । कार्यक्रममा बोल्दै कार्यवाहक उपमेयर आचार्यले छिल्लीकोटमा आउनका लागि स्यालापानी हुँदै केबुलकारको सम्भाव्यता अध्ययन गरिने बताइन । कार्यक्रममा अर्का विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले छिल्लीकोटलाई दाङ जिल्लाकै पर्यटक गन्तव्यस्थलकारुपमा विकास गरिने बताएका थिए ।
कार्यक्रममा मुटुमा प्वाल परेका घोराही उपमहानगरपालिका वडा नम्बर १८का रेशम नेपालीलाई गायक पूर्ण पुनको विशेष सक्रियतामा आर्थिक सहयोग समेत जुटाइएको थियो । नेपालीको मुटुको शल्यक्रिया वैशाख महिनामा हुन थालेको छ । अस्पतालले शल्यक्रियाका लागि तिन लाख रुपैया आवश्यक पर्ने जनाएको पारिवारीक स्रोतले जनाएको छ ।
महोत्सवमा स्थानीयस्तरमा पाइने जडिबुटि प्रदशनीमा राखिएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडाध्यक्ष रामबहादुर योगी, नेकपा माओवादी केन्द्रका नेता रामजी चौधरी लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले गीत नृत्य प्रस्तुत गरेका थिए ।


Leave a comment