दुई नाले कटुवा बन्दुकसहित एकजनालाई पक्राउ
११ चैत, वीरगञ्ज । पर्सा प्रहरीले दुई नाले नलकटुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-४ परशुरामपुर वस्ने ६० वर्षे साहु हुसेन मियाँ रहेका छन् ।
प्रहरी सहायक निरीक्षक लेखराज कोइराला नेतृत्वको टोलीले मियाँलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उक्त हतियारमा मेड ईन जापान लेखिएको छ ।
घरमा जगडा भएको खबर पाएर पुगेको प्रहरी टोलीले शनिबार साँझ ८ बजेतिर मियाँको घरबाट बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । मियाँलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।
उनीविरुद्ध हातहतियार तथा खरखजनाको मुद्धा चलाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
Facebook Comments


Leave a comment