ताजा अपडेट

आजको राशिफल: चैत्र ११ गते । आइतबार

          |   86 Views   |   Published Date : 25th March 2018 |

आजको राशिफल
बि.स.२०७४ चैत्र ११ गते । आइतबार । ईश्वी सन् २०१८ मार्च २५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि अष्टमी ०३ घडी ४२ पला,बिहान ०७ बजेर ३४ मिनेट उप्रान्त नवमी । नक्षत्र आद्रा,१९ घडी ४२ पला,दिउसो १ बजेर ५८ मिनेट उप्रान्त पुनर्वशु । योग शोभन ४४ घडी ४ पला,बेलुकी ११ बजेर ४२ मिनेट उप्रान्त अतिगण्ड । करण वव,बिहान ७ बजेर ३४ मिनेट उप्रान्त वालव,बेलुकी ६ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि मिथुन । चैत्राष्टमी व्रत। गोरखकाली पूजा। चैते दसैँ। भवानी उत्पत्ति दिवस। रामनवमी व्रत। राम जयन्ती। राम यात्रा। श्री श्वेतमत्स्येन्द्रनाथ रथ–यात्रा। अशोकका पालुवा खाने सांस्कृतिक दिवस। जमयात। काठमाडौँमा सूर्योदय ६ बजेर ५ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १७ मिनेट । दिनमान ३० घडी ३० पला ।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ): व्यापार व्यावसायमा लगानी गर्नको लागि केही समय खर्चनु पर्नेछ भने समयको पावबध्धिलाई ख्याल नगर्नाले दुख पाइनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले केसी समयका लागि छुट्टिनु पर्ने हुन सक्छ । पढ्ने लेख्ने काममा अरूभन्दा पछि परिने हुँदा नतिजा अरूतिर नै जानेछ । समयमा कामहरू सम्पन्न नहुँदा आर्थिक रूपमा दैनिकी प्रभावित हुनेछ । आँट तथा पराक्रम नगर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने मौसमको ख्याल गर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा): आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुँनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ भने पछि सम्म आम्दानी हुँने क्षेत्रमा लगानी बढाउन सकिनेछ बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुँनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): पारिवारिक जमघट वा घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसी रहनेछन् । भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउँन सकिनेछ । तपाइबाट राम्रा काम हुँने हुँनाले परिवार तथा साथीभाइहरू खुसी हुँनेछन् । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो): समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिनानै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका आजको दिन टाढै रहनु उपयुक्त हुँनेछ भने घर परिवारमा आफन्त सँग मानमुटाव सिर्जना हुँनेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आफ्नो भन्दापनि अरूकै कामको लागि दिनभर व्यस्त रहँदा आफ्नो काम थाती रहनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ भने घर परिवारमा अनावश्यक विवाद सिर्जना हुँनेछ । पहिले निर्णय भैसकेका विषयहरू पुनह आइलाग्ने हुँदा मानसिक तनाव बढ्नेछ भने सामाजिक हिसाबले पनि कमजोर हुँनुपर्दा मनमा निराश पैदा हुँनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको भावना बुझेर अगाडि बढ्नुहोला आजको दिन खासै समर्थना पाइने छैन ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : तयारी बिनानै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । खराब सङ्गत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरूकै हातमा जानेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । आमा तथा आमा सरहका मानिसको राय सल्लाह लिएर अगाडि बढे केही मात्रामा सफलता पाइनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तीरको यात्रा गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नि,नू,ने,नो,या,यी,यु): कामहरू समयमा नसकिने तथा अरूबाट बाधा ब्याबधान हुँने हुँनाले मानसिक तनाव बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रनेहुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,डा,भे): दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । राज्यपक्षबाट पद पाइने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । व्यापार व्यावसायबाट मनग्गे नाफा कमाउँन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): अदालतबाट हुँने निर्णयहरू तपाईँको पक्षमा नहुँने हुँदा आजको दिन विवादित विषयमा तथा यस्तै समारोहमा भाग नलिनुहोला । समयको गति सँगै बढ्न नसक्दा वा समयको ख्याल नगर्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिनानै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । खराब साथी सङ्गत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरूकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुँन सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पनि सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले सकयमा कामहरू बन्नेछन् । पढाई लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलाशि बस्तुको प्रयो गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): माया प्रेममा अविश्वास सिर्जना हुँनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुँनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुँनाले मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१