काठमाण्डौ | गएको वर्ष अजय देवगनको ‘गोलमाल अगेन’ रिलिज भएको थियो । दर्शकबाट निकै राम्रो रेस्पोन्स पाएको यस फिल्मले बक्सअफिसमा सय करोड बढी कमाई गर्न सफल भएको थियो । अजयलाई दर्शक एक्सन र कमेडी दुबै अवतारमा खुब रुचाउने गर्छन् । उनको कमेडी फिल्मका फ्यानका लागि खुसीको खबर बाहिर आएको छ । हालैमा उनले एक नयाँ कमेडी फिल्म साइन गरेका छन् । अजय, डाइरेक्टर अनीश बजमीको फिल्म ‘साढे साती’ मा अनुवन्धित भएको खबर छ । फिल्म कमेडी जनरामा निर्माण हुनेछ । यस फिल्ममा अजय ७ वर्षदेखि ब्याड लकबाट गुज्रिरहेका हुन्छन्, जसलाई साढे साती भन्ने गरिन्छ । फिल्मको सुटिङ यस वर्षको नोभेम्बरबाट सुरु हुनेछ । फिल्मका लागि अन्य कलाकारको छनौट हुन बाँकी छ । अजय मात्र रोहित शेट्टीको कमेडी फिल्म साइन गरिरहेका थिए तर, अनीश बजमीको स्क्रिप्ट उनलाई औधी मन परेको छ । करीब २ वर्ष अगाडि अनीशले एक इन्टरभ्यूमा भनेका थिए, ‘जब मैले अजयसँग फिल्म गर्ने सोचेँ तब मैले उनलाई क्राइम थ्रिलरको कथा सुनाएँ । गएको तीन वर्षमा मैले उनलाई आधा दर्जन बढी कहानी सुनाइसकेको छु । तर, उनले सबै अस्वीकार गरेका छन् ।’ Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed