प्रशासनिक केन्द्र विना नै विकास सम्भब हुनेमा जोड :मुख्यमन्त्री पोख्रेल
प्रदेश नम्बर पाँचको अस्थायी राजधानी बुटवल तोकिएपछि दङालीहरुमा देखिएको निरासालाई सम्बोधन गर्दै पोख्रेलले दाङमा अथेष्ट सम्भाबनाहरु रहेकाले यहाको विकासका लागि राजधानी नै हुनु पर्छ भन्ने विषय नभएको उहाले प्रष्ट पार्नुभयो । तर उहाले प्रदेशको राजधानीको विषय भने टुंगो नलागिसकेको उहाले बताउनुभयो । अस्थायी राजधानी बुटवल हुँदैमा नआत्तिन भन्दै मुख्यमन्त्री पोख्रेलले त्यो विषयलाई टुंगो लगाउन प्रदेश सभा र प्रदेशसभाको दुईतिहाई बहुमतमा निर्भर हुने उहाको भनाई छ ।
घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशका स्थानिय तहहरुले आफैले विकास गर्ने र आफैले शासन गर्ने पद्धतीको विकास गर्न आफुहरु लागिरहेको बताउनुभयो । अहिले प्रदेश सरकारले संरचनाहरु निर्माणको क्रममा रहेकाले भर्खर बामे सर्दै गरेको र हेर्दा हेर्दै दौडिनु पर्ने अबस्था रहेको उहाको भनाई रहेको थियो ।
नागरिक समाज दाङले घोराहीमा आयोजना गरेको दाङको विकासका आधार, सम्भावना र सवालहरुको विषयमा गरेको अन्र्तक्रिया कार्यक्रममा उहाले सबै प्रदेशको जिम्मा लगाउनु भनेको आफु आयित्वबाट पन्छिएको बुझ्नु पर्ने भन्दै वडा स्तरमा हुनु पर्ने कामरु वडा स्तरमा, पालिका तहमा हुनु पर्ने पालिका तह र प्रदेश स्तरबाट हुनु पर्ने कामहरु प्रदेशको पहलमा हुने बताउनुभयो ।
मुख्यमन्त्री पोख्रेलले जिल्लाको विकासका लागि नागरिक समाज, उद्योगी, व्यवसायीहरुको भुमिका महत्वपुर्ण हुने अपेक्षा राख्नुभयो ।


Leave a comment