ताजा अपडेट

पत्रकार गणेश आचार्य माथी परेको उजरीको छानविन प्रतिबेदन सार्वजनिक

          |   217 Views   |   Published Date : 24th March 2018 |

29405550_1808947142502850_1148853014_o

दाङ, चैत्र १० । नेपाल पत्रकार महासंघका साधारण सदस्य गणेश आचार्यमा परेको उजुरीका सम्बन्धमा छानविन गर्न बनेको समितिले प्रतिबेदन सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको तेह्रौं नियमित बैठकको अबसरमा समितिले प्रतिबेदन सार्वजनिक गरेको हो ।

पत्रकार आचार्य माथि परेको उजुरीका सम्बन्धमा छानबिन गर्न अध्यक्ष सबिन प्रियासन संयोजक र सल्लाहकारद्धय सुदीप गौतम र के.एल पीडित सदस्य रहेको छानबिन समितिले तयार पारेको प्रतिवेदन माथि आवश्यक छलफल सहित सर्वसम्मतिले पारित समेत गरेको हो ।

प्रतिबेदनमा पत्रकार गणेश आचार्यले रकम लिएको सन्दर्भमा आरोप लगाउने पक्षले ठोस प्रमाण पेश गर्न नसकेको, पैसा लेनदेनको कुनै ठोस प्रमाण नभेटिएको र यसै सन्दर्भमा दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा समेत दर्ता भएकोले सम्मानित अदालतको क्षेत्राअधिकारको सम्मान गर्दै अदालतको फैसला बमोजिम महासंघले थप कदम चाल्ने बताएको छ ।
रकम लिएको भनेको दिन आरोप लगाउने पक्षसंग निज आचार्यले भेटेको, संगै बसेर खानपिन गरेको र समाचार तयार गरेको लामो समयपछि मात्र प्रसारण गरेको पाइएकोले विवादास्पद व्यक्तिहरुसंग अस्वाभाविक बसउठ गर्नु र तयार पारेको समाचार लामो समयसम्म रोक्ने कार्य समेत प्रचलित पत्रकार आचार संहिता विपरीत कार्य भएको प्रतिबेदनमा उल्लेख छ । साथै निज आचार्यका विपक्षमा पटक पटक उजुरी पर्नु र बारम्बार पत्रकारितासंग असम्बन्धित विषयमा समेत विवादमा परिरहनुले निजलाई पत्रकारिताको मुल भावना र मर्मलाई आत्मसात पत्रकारिता गर्न र आचारसंहिताको पुर्ण पालना गर्न सचेत गराएको छ ।
शाखा अध्यक्ष सबिन प्रियाशनको अध्यक्षता एवं सल्लाहकारद्धय सुदीप गौतम र दुर्गालाल केसीको आतिथ्यतामा धारापानी मन्दिरमा बसेको बैठकले नेपाल पत्रकार महासंघको यही चैत्र १६ गते परेको स्थापना दिवसको उपलक्ष्यमा बिहान प्रभातफेरी र त्यसपछि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । साथै बैशाख ८ गते नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथै शाखाको वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

शाखाको बैठक व्यवस्थापनका लागि सहयोग गर्ने पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै मन्दिरको समग्र विकासका लागि नेपाल पत्रकार महासंघ दाङ शाखा संधै तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१