दाङमा पहिलो पटक डुक्स बाइक
राप्ती अञ्चलको आधिकारिक बिक्रेताका रुपमा काम गरिरहेको ब्रदर्शले हाल घोराहीमा डुक्सका ५ वटा मोडलहरु बिक्रीका लागि ल्याएको छ । ४ लाख ५५ हजार ९ सय रुपैयाँ देखि ७ लाख १४ हजार ९ सयरुपैयाँसम्म मूल्य रहेको डुक्सको हाल डुक ३९०, डुक २५०, डुक २०० र आरसी २०० र आरसी ३९० सीसीका बाइकहरु छन् ।
अष्ट्रिया युरोपमा उत्पादन भएको डुक्स बाइकलाई नेपालमा हुलास हंसराज काठमाण्डौंले विक्रि वितरणका लागि ल्याएको छ । भरपर्दो, टिकाउ अनि हरेक ठाउँमा जान मिल्न सक्ने गरी बनाइएको डुक्स बाइक रेसिङ बाइककारुपमा पनि विश्वमै प्रसिद्ध छ । योंग ब्रदर्श इन्टरप्राइजेजका सञ्चालक माधव आचार्यका अनुसार ब्राञ्च खुलेको अबसरमा हरेक बाइक किन्दा केही समयका लागि हेलमेट, ग्रीप उपहार स्वरुप दिइनेछ ।
सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिनका लागि यसको सर्भिस सेवा पनि सुरु गरिएको छ । यसका साथै कुनै पनि कम्पनीको बाइकसँग यो एक्सचेन्ज गर्न सकिनेछ भने फाइनान्सको व्यवस्था पनि गरिएको आचार्यले जानकारी दिनुभयो ।


Leave a comment