ताजा अपडेट

दाङका खेल पुर्वाधारको अनुगमन

          |   246 Views   |   Published Date : 24th March 2018 |

KABAD-HAL-660x330

लक्ष्मण बस्नेत, तुलसीपुर, चैत १० । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) को एक संयुक्त प्रतिनिधि मण्डलले दाङको खेल पुर्वाधारको वर्तमान अवस्थाका बारेमा जानकारी लिएको छ ।

मिसन आठांै राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ को तयारी स्वरुप आयोजक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्ला दौडाहामा रहेको प्रतिनिधि मण्डलले दाङ जिल्लामा हुने निर्धारित खेलहरुको पुर्वाधार निर्माणको वर्तमान अवस्था र थप पुर्वाधार निर्माणको आवश्यक्ताका बारेमा स्थलगत अनुगमन गरी जानकारी लिएको हो ।

युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रवी दवाडी, शाखा अधिकृत गणेश गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का इञ्जिनिएर विश्वामित्र सञ्जेलसहितको प्रतिनिधि मण्डलले दाङ जिल्लामा तोकिएका निर्धारित खेल एथ्लेटिक्स, व्याट्मिन्टन, क्रिकेट, उसु, बास्केटवल, महिला फुटबल र कराँते खेलको राष्ट्रिय प्रतियोगिताका लागि पुर्वाधार निर्माण गर्न आवश्यक रकम, योजना सम्पन्न हुनसक्ने मिति, अन्य थप पुर्वाधारको सिफारिसलगायतको स्थलगत अध्ययन अनुगमन गरेको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिनु भयो ।

प्रतिनिधि मण्डलले जिल्लाको लमही नगरपालिका रातो डाँडामा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट, घोराही उपमहानगरपालिका–१८ नवलपुरमा बास्केटबल, घोराही–१४ नयाँ बजारमा अवस्थित व्याट्मिन्टन कर्भडहलमा व्याट्मिन्टन र उसु, बहुउदेश्यीय रंगशाला निर्माण स्थल, तुलसीपुर–१७ को बेल्झुण्डीमा एथ्लेटिक्स र महिला फुटबलसँगै तुलसीपुरमा कराँते खेलको राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने गरी पुर्वाधार निर्माणको कार्यलाई तत्काल अगाडि बढाउन युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने पनि समितिका अध्यक्ष डाँगीले बताउनुभयो ।

यसैबीच प्रतिनिधि मण्डले तुलसीपर क्षेत्रमा क्रिकेट खेलको विकासका लागि आवश्यक पुर्वाधार निर्माणको सम्भाव्यता अध्ययन समेत गरेको छ । तुलसीपुर–१२ को महेन्द्र मावि र पशुपति मावि हरिपौरा खेलमैदान र तुलसीपुर–६ को मल्टी प्रपोज कर्भडहल निर्माण स्थलको सम्भाव्यता अध्ययन समेत गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१