ताजा अपडेट

दाङमा १ सय ८२ विद्यार्थीले एसईई परीक्षा दिएनन्

          |   236 Views   |   Published Date : 22nd March 2018 |

 gar-8

दाङ, चैत ८ | आजदेखि सुरू भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा दाङमा एकसय ८२ परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ।

जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले छात्रा एकसय ११ र छात्र ७१ जना गरी कुल एकसय ८२ जना विद्यार्थी पहिलो दिन एसईई परीक्षा दिन नआएको बताए। बिहिबार ६ हजार १ सय ९४ छात्रा र ५ हजार २ सय ३७ छात्र परीक्षामा उपस्थित रहेको मैनालीले बताए। आजदेखि सुरू भएको कक्षा १० को एसईई परीक्षामा दाङमा ११ हजार ६ सय १० जना परीक्षार्थी थिए ।

जसमा साधारणतर्फ १० हजार ८ सय ८६ र प्राविधिकतर्फ ३ सय ९७ परीक्षार्थी रहेको उनले बताए। त्यस्तै, एक्जाम्टेडतर्फ ४ सय ९७ परीक्षार्थी रहेका छन्। यसैबीच, दाङमा ३ सय ८५ विद्यार्थी परीक्षा दिनबाट बञ्चित रहने मैनालीले जानकारी दिए।

साधारणतर्फ ३ सय ७९ र प्राविधिकतर्फ ६ जना विद्यार्थीले परीक्षा दिन नपाएको उनले बताए। उनीहरूले आवश्यक हाजिरी नपुगेको, आवश्यक शुल्क नबुझाएको हुँदा ३ सय ८५ विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको मैनालीले जानकारी दिए।

त्यस्तै, मैनालीले यो वर्ष एक्जाम्टेडका परीक्षार्थीका लागि जिल्लामा एउटा मात्र परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको उनले जानकारी दिए।

देशभर यो वर्ष चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरू सहभागी परीक्षा चैत २० गते सकिने छ। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन्। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा परीक्षार्थीले दिएका छन्।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१