ताजा अपडेट

साहित्य समाज र राजनीतिमाथि व्याख्यान एवं बिमर्श हुने

          |   67 Views   |   Published Date : 22nd March 2018 |

sahitya दाङ, चैत  । दाङको घोराहीमा चैत ८ गते साहित्य समाज र राजनीतिमाथि व्याख्यान एवं विमर्श कार्यक्रमको आयोजना गरिएको छ । समरेखा म्यागजिन तथा शब्दशिखा साहित्यिक अनलाइनको आयोजनामा हुन लागेको सो कार्यक्रममा मुख्य वक्ताका रुपमा भारतीय लेखक एवं राजनीतिकर्मीहरु आउनुहुने भएको छ ।


कार्यक्रमका लागि भारतीय लेखक एवं राजनीतिकर्मी शशिप्रकाश, कात्यायनी तथा सत्यम् आउने शब्दशिखाका सम्पादक प्रमोद धितालले बताउनुभयो ।

कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलन, फाँसिवादको पुनरुत्थान र समाजवादी क्रान्तिका चुनौतीहरु, नारीवाद र महिला मुक्ति आन्दोलन ः दशा र दिशा तथा बुर्जवा पत्रकारिता र बैकल्पिक मिडियाको खाँचो शीर्षकमा प्रस्तुति एवं अन्तक्र्रिया हुने समरेखा म्यागजिनका सम्पादक लक्ष्मी आचार्यले जानकारी दिनुभएको छ ।
चैत ८ गते बिहीबार बिहान ठीक ११ वजे नेपाल पत्रकार महासंघ दाङ शाखा सभाहलमा हुन लागेको सो कार्यक्रममा राजनीतिकर्मी, साहित्यकार, पत्रकार तथा कार्यक्रममा रुची राख्ने सबैलाई आयोजकले उपस्थितिका लागि अनुरोध गरेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१