ताजा अपडेट

पुरन्धारा झरनालाई पर्यटकीय गन्तव्य बनाइने

          |   127 Views   |   Published Date : 22nd March 2018 |

IMG_2631-620x330 अर्जुन परियार हापुरे, चैत  । पुरन्धारा झरनालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने भएको छ । पुरन्धारा झरना विशेष महत्व बोकेको पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि लागिपर्ने बबई गाउँपालिकाले जलनाएको छ ।


झरनाको विकासमा बबई गाउँपालिका कटिबद्ध लागिपरेको अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो । ‘झरनाको विकासका लागि आवश्यक बजेट छुट्याइएका छौं’, अभ्यक्ष पौडेलले भन्नुभयो, ‘कार्यविधि बनाएर काम सुरु गर्नेछौं । त्यसपछि झरनामा आउने पर्यटकहरुमा बृद्धि हुनेछ ।’


झरना एउटा झरना मात्र नभई बबई गाउँपालिकाको आर्थिक समृद्धिको आधार भएकाले यसको संरक्षण र विकासमा लागिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१