मेरिल्यान्डमा स्कुलमा गोली प्रहार हुँदा दुई घाइते, आक्रमणकारीको मृत्यु

काठमाडौँ– अमेरिकाको मेरिल्यान्डमा हाइस्कुलमा गोली चलाउने बन्दुकधारी गोली प्रहारमा मारिएको छ। उसको गोली प्रहारबाट दुई विद्यार्थी घाइते भएका थिए। ती दुई विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ जसमध्ये एक सख्त घाइते छन्। मंगलबार बिहान  सेन्ट मेरिज काउन्टीस्थित ग्रेट मिल्स हाइस्कुलमा यो घटना भएको हो। उक्त स्थान अमेरिकाको राजधानी वासिङ्टन डिसीभन्दा १ सय ४ मिलोमिटर टाढा छ। यसअघि एक महिनापहिले फ्लोरिडामा स्कुलमा आक्रमण हुँदा १७ जनाको ज्यान गएको थियो। Facebook Comments