ताजा अपडेट

प्रदेश ५ मा प्रादेशिक योजना आयोग गठन

          |   87 Views   |   Published Date : 21st March 2018 |

ac बुटवल, चैत  । प्रदेश नं ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी प्रादेशीक योजना आयोगका उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।


बैठकले मुख्यमन्त्रीका प्रेस सल्लाहकारमा गुल्मी स्थायी निवासी हाल रूपन्देहीमा करीव दुई दशकदेखि पत्रकारितामा क्रियाशील शेरबहादुर खत्रीलाई नियुक्त गरेको छ ।

बैठकमा मुख्यमन्त्री शंकर पोख्रेलले केन्द्रीय सरकारले प्रदेशमा हस्तान्तरण गरेको रु एक अर्ब दुई करोड बजेट यही चैत मसान्तभित्र बिनियोजन गरिसक्नुपर्ने भएकाले आआफ्नो मन्त्रालयमा १० दिनभित्र साधारण र पूँजीगत खर्चको योजना मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न मन्त्रीहरूलाई निर्देशनसमेत दिनुभएको छ ।
प्रदेश सरकारले केन्द्र सरकारबाट प्राप्त उक्त बजेटको विनियोजन प्रदेशसभामार्फत नीति तथा कार्यक्रम बनाएर प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार सरकारले चैत मसान्तभित्र नै सोही बजेटका आधारमा प्रदेश प्रमुखमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी थालेको पोख्रेलले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१