ताजा अपडेट

निर्वाचनको समयमा लागेको ऋण तिर्नलाई तरकारी व्यवसाय

          |   153 Views   |   Published Date : 21st March 2018 |

tarkari-660x330 शिवु खनाल देउखुरी, चैत  । विशेषगरी राजनीति क्षेत्रमा प्रवेश गरेकाहरु राजनीतिलाई प्रमुख पेशा बनाएर लागि परेको पाइन्छ । निर्वाचनमा नेताहरु उम्मेदवार भन्दा व्यपारी, उद्योगीबाट चन्दा सहयोग उठाउने गरेको देखिन्छ । तर, लमही नगरपालिका वडानम्वर–५ का कालुराम चौधरी अहिले तरकारी बजारमा डुलाएर बेच्ने गर्नुहुन्छ ।


लमही बजारको पुरानो बसपार्कमा कालुरामले तरकारीको डेला धकेल्दा सुरु–सुरुमा लमहीका स्थानीय व्यापारीहरुले चाँसोका साथ लिनुभयो । नेता भएर पनि यसरी बजार डुलेर बेच्ने बजारमा खासखुस कुराकानी सुन्दा सुरुमा कालुरामलाई अप्ठेरो लाग्यो’, चौधरीले भन्नुभयो, ‘मंसिरदेखि तरकारीको व्यवसाय सुरु गरेका कालुरामलाई अहिले बानी परिसकेको छ ।


लमही नगरपालिका वडानम्वर ५ निवासी कालुराम चौधरी नेकपा माओवादी केन्द्रबाट लमही नगरपालिकाबाट उपमेयर पदका उम्मेदवार हुनुहुन्छ । निर्वाचनको समयमा निम्न वर्गको राम्रो साहानुभूति बटुलेका चौधरीले निर्वाचनको समयमा लागेको ऋण तिर्नलाई तरकारी व्यवसाय सञ्चालन गर्न थालेको बताउनुभयो । ‘निर्वाचनमा लागेको ऋण पनि तिर्न प¥यो । घर परिवार पनि पाल्न प¥यो । अरु काम भेटिदैन मैले यहि जान्या छु यहि गर्दै छु’,चौधरीले भन्नुभयो, ‘निर्वाचनमा पनि कोहि कसैसाग सहयोग मागिन । आफ्नै मिहिनेत र आफ्नै लगानीमा निर्वाचन जितेपछि मात्रै स्वतन्त्र भएर काम गर्न सकिने रहेछ ।’
बिहानै उठेर गाउँघरमा गएर तरकारी संकलन गर्ने र साँझ पख बजारमा ठेलामा डुलाएर तरकारी बेच्ने चौधरीको दिनचर्या बनेको छ । समय समयमा छिमेकी जिल्ला प्यूठान र रोल्पासम्म तरकारी पठाउने गरेको चौधरीले बताउनुभयो । उप मेयरका उम्मेदवारले घरघर र गल्ली गल्लीमा तरकारी डुलाउँदा कसैले कमरेड नमस्कार भन्छन्, त केहिले नेता ज्यू भन्छन् । उपभोत्ताले नेता भन्दा राम्रो मान्ने चौधरीले स्थानीय स्तरमा उत्पादन भएको तरकारी बेचेर जीवन चलाउन पाउँदा आनन्द लाग्ने गरेको सुनाउनुहुन्छ ।
कालुराम चौधरीले तरकारी व्यवसायीबाट दैनिक २० हजार भन्दा बढीको कारोवार गरी दैनिक २ हजारदेखि ३ हजारसम्म आम्दानी हुने जानकारी दिनुभयो । यहि कमाइबाट उहाँले तीन सन्तानलाई शिक्षादिक्षा दिलाउनु भएको छ । घर खर्च पनि सजिलै चलाउनुभएको छ । राजनीति र व्यवसाय सँगसँगै सुरु गर्नुभएका चौधरीले आफू १८ वर्षको भएदेखि रिक्सा चलाउने काम पनि गर्नुभयो । रिक्सासँगै हाडवेयरमा सिमेन्ट बोक्ने लगायतको मजदुरी गर्र्दै आएका चौधरी सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । लमही नगरविकास समितिको पाटी प्रतिनिधि, खिमबहादुर शाह मावि कोलहीको व्यवस्थापन समितिका अध्यक्ष र कर्री सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष भएर सामाजिक संस्थाको अनुभव पनि बटुल्नु भएको छ ।
२०६२ सालबाट माओवादीको राजनीति गर्नुभएका चौधरी अखिल नेपाल रिक्सा मजदुर संघका केन्द्रिय सचिव पनि हुनुहुन्छ । ३६ वर्षिय युवा कालुरामले काम गर्दा सानो र ठूलो भने नहुने बताउनुहुन्छ । राजनीतिबाट मात्रै खान लाउन पुग्दैन, जतिबेला चाहियो उतिबेला दुई÷चार सयलाई अरुसँग माग्नु पर्दैन’, चौधरीले भन्नुभयो ।

तरकारी व्यवसाय निरन्तरता दिने योजना बनाएका चौधरीले स्रोत साधन र पुँजीको अभाव रहेको जानकारी दिनुभयो । बजारको उचित व्यवस्थापन नहँुदा र दिनहुँ तरकारीको मुल्यमा आउने उतारचढावले पनि समस्या आउने गरेको बताउनुहुन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१