ताजा अपडेट

तुलसीपुरको दोस्रो नगरसभा २३ गते हुने

          |   86 Views   |   Published Date : 21st March 2018 |

acb तुलसीपुर, चैत  । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभाको अधिवेशन चैत २३ गतेदेखि हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको २४ आंै बैठकले सो निर्णय गरेको हो ।


नगर सभा सञ्चालन कार्यविधि २०७४ मा पहिलो नगर सभा सञ्चालन भएको ९ महिनाभित्रमै दोस्रो नगरसभा गर्नुपर्ने व्यवस्था गरेको छ । यसैगरी बैठकले तुलसीपुर बसपार्कमा निर्माण भएको सटर भाडा सम्बन्धमा पुनः टेण्डर खोल्ने निर्णय समेत गरेको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडानम्वर १ मा रहेको विरेन्द्र मावि भ्युडहर सुनपुरलाई राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालन गर्नका लागि दुई लाख रुपैया सहयोग गर्ने समेत निर्णय गरेको प्रवक्ता श्याम डाँगीले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१