ताजा अपडेट

छोरी जन्माएको भन्दै श्रीमतीलाई यातना, व्यक्ति लगाएर सामुहिक बलत्कारको प्रयास

          |   155 Views   |   Published Date : 21st March 2018 |

aac

कैलाली । छोरा नभई छोरी जन्माएको भन्दै अझैँ पनि महिला माथि हिंसा हुन्छ समाजमा । छोरा नजन्माई २ छोरी जन्माएको भन्दै कैलालीको गोदावरी नगरपालिका २ कि २५ बर्षीय कविता जोशीलाई आफ्नै श्रीमानले अन्य व्यक्ति लगाएर सामुहिक बलत्कारको प्रयास गरेको पिडित युवती बताउछिन् ।

दार्चुलाको गोकुलेश्वर घर भएका आफ्नै श्रीमान धनञ्जय जोशीले साथीहरु लगेर बलत्कार प्रयास गरेपनि उनी भाग्न सफल भएको बताउछिन् ।

५ बर्ष अघि प्रेम विहे गरेका उनीहरुका २ छोरी छन् । छोरी जन्माएको भन्दै धनञ्जयले यस अघि पनि पटक पटक कहिले साथीहरु लगेर बलत्कार प्रयास गर्ने, कहिले मदीरा सेवन गरेर कुटपिट गर्ने गरेपछि उनी डेरा लिएर छुट्टै बस्दै आएकी छन् ।

पटक पटक डेरा परिर्वतन गर्दा पनि श्रीमानले खोजे २ छोरी र आँफुलाई कुटपिट गर्दै आएको उनि बताउँछिन् ।

श्रीमानबाट आजीत भएकी कविता ईलाका प्रहरी कार्यालय मालाखेती कार्यालयमा जाँदा प्रहरीले श्रीमान श्रीमतीको झगडा घरमै मिलाउनु भन्दै फर्काउने गरेको उनको गुनासो छ ।

प्रहरीको जवाफ पछि धनजञ्यले आफुलाई कसैले कही गर्न नसक्ने भन्दै झनै यातना दिइरहेको उनी पिडित युवती बताउँछिन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१