ताजा अपडेट

विज्ञान प्रतिष्ठानको कार्यान्वयन व्यवस्था मिलाउन नागरिक समाजको आग्रह

          |   54 Views   |   Published Date : 21st March 2018 |

rapti-2

दाङ, चैत्र ७ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यान्वयनका लागि चाडो भन्दा चाडो हस्तान्तरण गर्ने व्यवस्था मिलाउन नागरिक समाज दाङले आग्रह गरेको छ । नागरिक समाज दाङको बुधबार घोराहीमा बसेको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हस्तान्तरण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ ।

प्रतिष्ठानको ऐन २०७४ को दफा २ बमोजिम १५ को उपदफा २ बमोजिम राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मानिनेछ भन्ने उल्लेख भएको तर कार्यान्वयन नभएको हुँदा चाँडो भन्दा चाँडो हस्तान्तरण गर्ने व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको संयोजक चन्द्रराज पन्तले जानकारी दिनुभयो ।

बैठकले दाङको भालुवाङमा एक महिलाको सामूहिक बलात्कारपश्चात हत्या भएको भन्ने सम्बन्धमा नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । यस्तै दाङ लगायत देशैभर महिलाबिरुद्ध हत्या, हिंसा बलात्कार जस्ता जघन्य अपराधका घटनामा समेत सम्बद्ध निकायको पर्याप्त संवेदनशीलता नदेखिएकोले अपराधीलाई दण्डित गरी पीडितलाई न्याय दिन प्रभावकारी रुपमा अनुसन्धानलाई अघि बढाउन प्रहरी, अस्पताललगायत सम्बद्ध निकायलाई आग्रह गरेको छ ।

यस्तै प्रतिनिधिसभा सभामुख कृष्ण बहादुर महरालाई बधाई तथा सम्मान कार्यक्रममा उपस्थित भई नागरिक समाजको गरिमालाई सम्मान गर्नुभएकोमा सभामुख तथा अन्य अतिथी लगायत सबैलाई धन्यवाद दिने निर्णय समेत गरिएको नागरिक समाज दाङका सचिब लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१