ताजा अपडेट

रातो माटाको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

          |   78 Views   |   Published Date : 21st March 2018 |

स्याङ्जा : कालीगण्डकी गाँउपालिकास्थित रातो माटाको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएकोे छ । घर पोत्ने रातो माटो खन्ने क्रममा स्याङ्जाको कालीगण्डकी गाउँपालिका –६ दब्छे लाम्दीकोटकी ४१ वर्षीय इन्दिरा रानाको घटनास्थलमै मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख चिनकपुर गुरुङका अनुसार घर नजिकै रातो माटो खन्ने क्रममा रानाको परिएर मृत्यु भएको हो ।

घटनामा अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा दब्छेका १८ वर्षीया भावना दर्लामी र ५२ वर्षीया जितमाया गाहा छन् ।

उनीहरु दुवैको पाल्पा तानसेनस्थित मिसन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१