सामुदायिक प्रहरीको अभियान आत्महत्याको घटनालाई निरुत्साहन
दाङ, चैत । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर दाङको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले दाङ जिल्लामा पछिल्लो समयमा बढ्दै गएका आत्महत्याका घटनालाई न्यूनीकरण गर्न अभियान थाल्ने बताउनुभएको छ ।
बैठकले आत्महत्याका घटना न्यूनीकरणका लागि घटना निरुत्साहित गर्ने उद्देश्यले यही चैत १४ गते तुलसीपुरमा बृहत अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय भएको सचिव ईलाका प्रहरी कार्यालय तुलसीपुर र सामुदायिक प्रहरी सेवाकेन्द्र तुलसीपुरले बृहत जन चेतनामुलक अन्तत्र्रिmया कार्यक्रम गर्ने निर्णय गरेको रेग्मीले जानकारी दिनुभयो ।
सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा बसेको बैठकले निरला अर्याल, शर्मिला डिसी, यमकला भुसाल, अन्जना चौधरी र उमा भण्डारीलाई सदस्य पदमा मनोनित गरेको सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सचिव रेग्मीले जानकारी दिनुभयो ।

Leave a comment