मार्सलको आविस्कार पम्प कन्ट्रोलर बजारमा

दीपक जिएम दाङ, चैत  । युवा बैज्ञानिकका रुपमा लामो समयदेखि काम गर्दै आएका दाङ घोराहीका मार्सल रोकाले अटोमेटिक पम्प कन्ट्रोलरको आविस्कार गरेर बजारीकरण गर्न सुरु गर्नुभएको छ । विभिन्न युवाहरुको सहयोगबाट उहाँले कम्पनी स्थापना गरेर आफूले आविस्कार गरेको अटोमेटिक पम्प कन्ट्रोलरको बजारीकरण सुरु गर्नुभएको हो । मेल्टा टेक्नोलोजी स्थापना गर्दै रोकाले व्यवसायीक रुपमा पम्प कन्ट्रोलरको उत्पादन तथा बजार विस्तार सुरु भइसकेको बताउनुभयो । सोमबार घोराहीमा पत्रकार सम्मेलन गरेर युवा वैज्ञानिक मार्शल रोकाले घरमा पानीको व्यवस्थापनका लागि जडान गरिएको मोटरलाई स्वचालित रुपमा सञ्चालन गर्नका लागि पम्प कन्ट्रोलर राख्न सकिने उहाँले बताउनुभयो । घरमा अटोमेटिक पम्प कन्ट्रोलर जडान गर्दा पानी ट्यांकीबाट पानी बाहिर नछचल्किने, आवश्यक मात्रामा पानी सकिए मोटर आफै चल्ने बताउनुभयो । पत्रकारहरुलाई प्रयोग गरेर देखाउँदै रोकाले मोटर र ट्यांकीको विचमा मेल्टा पम्प कन्ट्रोलरलाई जडान गर्दा हरेक प्रकारको पानी तान्ने मोटर र घरको छतमा रहेको ट्यांकी र घरमुनी रहेको रिजर्भ ट्यांकीको तह हरेर अटोमेटिक मोटर चलाउन र बन्द गर्न सकिने उहाँले बताउनुभयो । ड्रममा पानीको मात्रा कति छ ? भनेर थाहा पाउने संकेत राखिने र सोही चिन्ह भन्दा माथि पानी आउन थालेमा यो मेसिनले मोटर आफै अफ गरिदिने उहाँले बताउनुभयो । ट्याङ्कीमा उचित मात्रामा पानी नभएमा पनि यो मेसिनले मोटर आफै गरिदिने छ । उहाँले यो उत्पादन नेपालमा पहिलो भएको पनि … Continue reading मार्सलको आविस्कार पम्प कन्ट्रोलर बजारमा