नामी स्कुल नै फोहोरी : ठूला र राम्रा स्कुल भवन पछाडि ‘ल्याण्ड फिलसाइड’

नवीन अभिलाषी दाङ, चैत  । घोराहीका नाम चलेका विद्यालयहरुले सरसफाईमा लापरबाही गरिरहेको भेटिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेका तीन वटा सामुदायिक र ३ वटा निजी गरी ६ वटा विद्यालयमा गरिएको अनुगमनको क्रममा अधिकांश विद्यालयमा सरसफाईको अवस्था निक्कै कमजोर देखिएको अनुगमन टोलीले बताएको छ । घोराहीको गोर्खा बोर्डिङ स्कुलमा सरसफाई अत्यन्तै कमजोर रहेको भेटिएको छ । धेरै दिनदेखि सफाई नगरिएको शौचालय, शौचालय भरिए पनि त्यसको व्यवस्थापन नभएको, विद्यार्थीहरु शौचालय भन्दा बाहिर दिशा पिशाव गरेको, छात्राहरुले सहि रुपमा प्याडको व्यवस्थापन नगरेको, जथाभावी रुपमा विद्यालयबाट उत्पादन भएको कागजहरु विद्यालय पछाडि खुल्ला रुपमा फालिएको, प्लाष्टिकहरु जथाभावी रुपमा जलाइएको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । विद्यालयमा शौचालय बाहिरै विद्यार्थीहरुले पिसाव फेरिरहेको अवस्थामा टोलीले भेटाएको थियो । विद्यालय पछाडि कागजहरुको ठूलो मात्रा खुल्ला रुपमा फालिएको छ । यस्तै घोराहीको बाल विकास माविले पनि फोहोर व्यवस्थापन गर्न नसकेको देखिएको छ । शौचालय भरिएर बाहिर पोखिए पनि त्यसतर्फ विद्यालयले चासो दिएको छैन भने अधिकांश शौचालयहरु भरिएको, छात्राहरुले प्रयोग गरेको रगताम्मे प्याडहरु हात धुने बेसिनहरुमा फालिएको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । यस्तै प्राथमिक विद्यालय बालमन्दिर, स्टार बोडिङ स्कुल, अल्फा बोडिङ स्कुल र शुभप्रभात बोडिङ स्कुलमा रहेका शौचालयहरु दुर्गन्ध आउने, भरिएका र नियमित रुपमा सरसफाई नगर्ने गरेको पाइएको अनुगमन टोलीमा सहभागी वास फोरमका … Continue reading नामी स्कुल नै फोहोरी : ठूला र राम्रा स्कुल भवन पछाडि ‘ल्याण्ड फिलसाइड’