चार केजी अफिमसहित समातिए तीन युवक
काठमाडौं । चार केजी प्रतिबन्धित लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले उनीहरुलाई दक्षिणकाली–५, त्रिभुवन आदर्श मावि अगाडिबाट नियन्त्रणमा लिइएको हो ।पक्राउ पर्नेमा मकवानपुरको बकैया–६, ज्यामिरे घर भएका २९ वर्षीय सोमबहादुर तितुङ, मकवानपुरगढी–१, रानीशेराका ३० वर्षीय बज्रबहादुर भोम्जन र सोही गाउँपालिका वडा नं. ३ का शिखरकटेरीका २६ वर्षीय प्रेमबहादुर थिङ छन् ।
ब्यूराका प्रमुख डिआईजी ठूले राईका अनुसार तितुङको साथबाट दुई केजी, बज्रूबहादुर र प्रेमबहादुरको साथबाट १/१ केजी कफिम बरामद गरिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Facebook Comments

Leave a comment