स्वर्गद्वारी मन्दिरमा वल्र्ड लिंक कम्युनिकेशनले फ्रि वाइफाइ सेवा शुरु गर्ने
प्युठान,चैत | मध्य पश्चिमको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी मन्दिरमा वल्र्ड लिंक कम्युनिकेशनले फ्रि वाइफाइ सेवा शुरु गर्ने भएको छ ।
निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेशनले प्युठान खलंगाबाट लिंकअप गरेर स्वर्गद्वारीमा इन्टेरनेट जडान गर्ने भएको हो ।
यो सेवा जडान गरिएसँगै स्वर्गद्वारी दर्शन गर्न जानेहरुले निशुल्करुपमा वाइफाइ सुविधा प्रयोग गर्न पाउने छन् ।
अहिले दश एमवी क्षमताको इन्टरनेट राखिएको र प्रयोगकर्ता बढदै गएमा क्षमता थप गरिने वल्र्ड लिंक कम्युनिकेशनका क्षेत्रीय प्रविधि प्रबन्धक राजेन्द्र बिष्टले जानकारी दिनुभयो ।
कम्पनीका कार्यकारी प्रमुख केशब नेपाल स्वर्गद्वारी दर्शन आएको बेला इन्टरनेट सेवाको महसुस गरेर निशुल्क नेट जडानका लागि निर्देशन दिएपछि सेवा शुरु गरिएको बिष्टले जानकारी दिनुभयो ।
वाइफाइमा पासवर्ड नराखिएकाले जसले पनि प्रयोग गर्न सकिने छ ।


Leave a comment