अब आमिर बलिउडको किङ खान !

काठमाडौं, ५ चैत । बलिउडमा तीन बाद्सा सलमान खान, शाहरुख खान र आमिर खानले आफ्नो चमात्कारिक क्षमता देखाउन सक्षम भएका छन् । तर, बढ्दो उमेरसँगै जुन प्रकारको सफलता आमिरले हासिल गर्दै आइरहेका छन्, त्यस अर्थमा भन्ने हो भने उनी ‘किङ अफ खान’ सावित भइसकेका छन् । आमिर खानको ‘दंगल’ले बलिउडमा सफलताको नयाँ इतिहास रच्यो । आफ्नी छोरीलाई काविल बनाउँदै गोल्ड मेडलसम्म जिताउन प्रयत्नरत एउटा पिताको वास्तविक कहानीले भारतमा मात्र होइन अन्य देशका दर्शकको पनि मन छोएको थियो । यसअघि पनि उनी अभिनित् फिल्म ‘पिके’ले २०१४ बलिउड फिल्म को सर्वाधिक कमाइ गरेको दोस्रो फिल्मको सूचीमा रहेको थियो । शाहरुख र सलमानको जस्तो फ्यान फलोइङ नभएपनि आमिर दर्शकको भरोसायोग्य अभिनेतामा पर्ने गरेका छन् । दर्शकलाई लाग्छ कि आमिर यदि कुनै फिल्ममा आवद्ध छन् भने त्यसमा अवश्य केही नयाँ र फरक किसमको स्वाद आउनेमा विश्वस्त हुन्छन् । – एजेन्सी Facebook Comments