ताजा अपडेट

समिक्षा गर्दै नयाँ योजना बनाउँदै : गुरुकुल एकेडेमी

          |   142 Views   |   Published Date : 19th March 2018 |

28908136_869151643269908_2128680134_n

दाङ, चैत्र ५ । नयाँ शैक्षिक सत्रको योजनाहरुको विषयमा जानकारी दिने उदेश्यले गुरुकुल एकेडेमीले पत्रकार सम्मेलन गरेको छ । शैक्षिक सत्र २०७२ देखि सञ्चालन भएको गुरुकुल एकेडेमीले तीन वर्षमा आफुले गरेको उपलब्धी र आगामी शैक्षिक सत्रका लागि बनाईएका योजनाहरु सहित पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

व्यहारिक शिक्षालाई जोड दिदै विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई सञ्चालन गर्दै आएको भन्दै विद्यालयका सञ्चालन समितिका अध्यक्ष अनन्तराज घिमिरेले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले आबस्यक प्रविधिहरु, योजनाहरु र क्रियाकलापहरु सञ्चालनमा ल्याएको बताउनुभयो ।

29137939_869151646603241_1293577956_n

विद्यालयले छोटो समयमै अन्र्तराष्ट्रिय मान्यता प्राप्त आईएसए र ग्लोवल कम्पेटिन्स अवार्ड प्राप्त गर्न सफल भएको भन्दै परियोजनामा आधारित सिकाई तथा प्रयोगात्मक शिक्षण शिकाई सञ्चालन गरे बाफत यी पुरस्कारहरु प्राप्त गरेको घिमिरेले खुशी ब्यक्त गर्नुभयो ।

पहिले वर्ष एक सय विद्यार्थीहरुलाई अध्ययन गराएको गुरुकुलले २०७३ मा २ सय ३५ र चालु शैक्षिक सत्रमा ३ सय १५ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन । आगामी शैक्षिक सत्रमा एक सय ७ जना विद्यार्थीहरु थप गर्ने गरि कोटा निर्माण गरिएको विद्यालयका प्रिन्सीपल टिकाजंग विकेले बताउनुभयो ।

सोमबार देखि विद्यार्थी भर्नाको फारम खुला गरिएको विद्यालयले बताएको छ भने चैत्र २८ गते विद्यार्थी प्रबेश परिक्षा लिईने भएको छ ।

विद्यालयका सञ्चालन समितिका अध्यक्ष अनन्तराज घिमिरेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने प्रमुख अतिथी प्रियासनले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले राम्रो काम गरिरहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक मुकुन्द गिरीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१