ताजा अपडेट

अब आमिर बलिउडको किङ खान !

          |   100 Views   |   Published Date : 19th March 2018 |

aamir

काठमाडौं, ५ चैत । बलिउडमा तीन बाद्सा सलमान खान, शाहरुख खान र आमिर खानले आफ्नो चमात्कारिक क्षमता देखाउन सक्षम भएका छन् ।

तर, बढ्दो उमेरसँगै जुन प्रकारको सफलता आमिरले हासिल गर्दै आइरहेका छन्, त्यस अर्थमा भन्ने हो भने उनी ‘किङ अफ खान’ सावित भइसकेका छन् ।

आमिर खानको ‘दंगल’ले बलिउडमा सफलताको नयाँ इतिहास रच्यो । आफ्नी छोरीलाई काविल बनाउँदै गोल्ड मेडलसम्म जिताउन प्रयत्नरत एउटा पिताको वास्तविक कहानीले भारतमा मात्र होइन अन्य देशका दर्शकको पनि मन छोएको थियो ।

यसअघि पनि उनी अभिनित् फिल्म ‘पिके’ले २०१४ बलिउड फिल्म को सर्वाधिक कमाइ गरेको दोस्रो फिल्मको सूचीमा रहेको थियो ।

शाहरुख र सलमानको जस्तो फ्यान फलोइङ नभएपनि आमिर दर्शकको भरोसायोग्य अभिनेतामा पर्ने गरेका छन् । दर्शकलाई लाग्छ कि आमिर यदि कुनै फिल्ममा आवद्ध छन् भने त्यसमा अवश्य केही नयाँ र फरक किसमको स्वाद आउनेमा विश्वस्त हुन्छन् । – एजेन्सी

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१