ताजा अपडेट

५ नम्बर प्रदेशसभामा चार वटा संसदीय समिति बन्ने

          |   132 Views   |   Published Date : 18th March 2018 |

aad

रुपन्देही,चैत ४ |  प्रदेश नम्बर ५ को प्रदेश सभाले बैठक शुरु भएको डेढ महिनापछि नियमावली पारित गरेको छ । संसदको आइतबार बसेको बैठकले चार वटा संसदीय समिति बनाउने व्यवस्था सहित नियमावली पारित गरेको हो ।


संसदमा बिधायन समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा सामाजिक न्याय समिति र अर्थ तथा विकास समिति बन्नेछन् ।

मस्यौदा निर्माण समितिका सभापति हरिप्रसाद रिजालले आइतबारको प्रदेश सभामा नियमावली मस्यौदा पेश गरेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले निणयार्थ पेश गरेको सो मस्यौदा सर्बसहमतिले पारित भएको हो ।

बैठकमा प्रदेश सरकारको आर्थिक कार्यबिधि नियमित तथा व्यस्थित गर्न बनेको बिधेयक समेत पेश भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उक्त बिधेयक पेश गरेका हुन् । विधेयकमाथि छलफलका लागि चैत आठ गते अर्काे बैठक बोलाइएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१