रुकुमका तामा र फलाम खानी लोप हुँदै
रुकुम, ४ चैत । रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङका रामबहादुर बुढाले १८ वर्ष पहिलेसम्म गाउँमै तामाको धातु निकाल्दा दैनिक रु तीन हजारसम्म आम्दानी गर्नुहुन्थ्यो । उहाँजस्तै सोही गाउँका धनवीर बुढाले पनि आफ्नै गाउँमा रहेको तामा खानीबाट दैनिक रु दुई हजारदेखि तीन हजारसम्म आम्दानी गर्नुहुन्थ्यो । अठार वर्षदेखि उहाँहरु दुई जना मात्र होइन यो गाउँका कसैले पनि तामा खानी उत्खननमा बेवास्था गर्दा यहाँ रहेका तामा र फलाम खानी उपयोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । भूमे गाउँपालिका–५ सेराबाङ र वडा नं ३ को झुम्लाबाङमा रहेका तामा र फलाम खानी पुरिँदै गएको स्थानीयवासीको भनाइ छ । विसं २०५५ सम्म पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गरे पनि राज्यले संरक्षण र व्यवस्थापन नगर्दा अहिले तामा र फलाम खानी पुरिँदै गएको स्थानीयवासी रामबहादुर बुढाको भनाइ छ । अहिले पनि आफूहरुले कहिलेकाहीँ थोरै मात्रामा धातु निकाल्ने गरे पनि तामा र फलाम प्रशस्त रहेको उहाँको दाबी छ । जंगलको बीचमा पहाडभित्र रहेका खानीमा धातु निकाल्नका लागि प्रयोग गरिएका बंकर अहिले पुरिन थालेका छन् । आफँैले निकाल्दै गरेको तामा र फलाम लोप हुन थालेपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् । खानी खोस्रेर जीविकोपार्जन गर्दै आएका यस क्षेत्रका मगर समुदाय पनि विस्तारै बसाइँसराइ गर्न थालेका छन् । खानी उत्खनन गर्ने उपकरणको अभाव र सरकारलाई आम्दानीभन्दा बढी … Continue reading रुकुमका तामा र फलाम खानी लोप हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed