ताजा अपडेट

नाकाबाट ६ युवतीको उद्धार

          |   147 Views   |   Published Date : 18th March 2018 |

indo-nepal-border1-384x282

कपिलवस्तु, चैत ४ । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा ६ युवतीको उद्धार गरिएको छ ।

कपिलवस्तुको मर्यादपुर नाकाबाट उनीहरुलाई आइतबार उद्धार गरिएको हो । सशस्त्र प्रहरी बलले सुराकीको आधारमा उनीहरुलाई फेला पारेको हो ।

बिचौलिया कोहलपुर बस्ने ४९ बर्षीय गणेश खत्रीले ती युवतीहरुलाई कपिवलस्तुको सदरमुकाम तौलिहवा हुँदै नेपाली सीमा नाका कटाउन लागेको आवस्थामा सीमा निगरानीमा खटिएको सशस्त्र प्रहरी बलले शंका लागेर सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा बिचौलियाले राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर आफूहरुलाई भारत हुँदै तेस्रो मुलुक लैजान लागेको उनीहरुले बताएका थिए ।

उद्धार गरिएकामध्ये कपिलवस्तु र सुनसरीका दुईजना छन् भने दैलेख र झापाका एक–एक जना छन् । उनीहरुलाई प्रहरी चौकी मर्यादपुरको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल मर्यादपुरका प्रहरी निरीक्षक अमृत दुलालले जानकारी दिए ।

कपिलबस्तुको मर्यादपुर–खुनुवा सीमामा महिला सम्बन्धी काम गर्ने कुनै पनि संघसंस्था नहुँदा चेलिबेटी ओसारपसारले प्रश्रय पाइरहेको स्थानीयको भनाइ छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१