ताजा अपडेट

माननीय मनाङे इन्टरपाेलकाे खाेजी सूचीमा

          |   135 Views   |   Published Date : 18th March 2018 |

 images_cms-image-000043620

काठमाडौं, चैत ४ |  स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित तर सपथ खान नपाएका एकजना माननीयको खोजीमा यतिबेला १९२ देशका प्रहरी खटिएका छन्।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले निर्वाचित तर सपथ नखाएका मनाङ प्रदेश (ख) बाट १ हजार ४ सय १० मतले विजयी प्रदेश सभा सदस्य दीपक मनाङे उपनाम भएका राजीव गुरुङविरुद्ध रेड कर्नन नोटिस जारी गरेको हो।

एनसीबी काठमाडौंको पत्रका आधारमा मनाङेलाई इन्टरपोलले सर्वाधिक खोजीमा राख्ने गरी रेड कर्नर नोटिस जारी गरेको हो।

रेड कर्नर जारीभएसँगै मनाङेको हुलिया, सम्पर्क नम्बर, सम्पर्क इमेल र उनको पासपोर्टका आधारमा १९२ सदस्य रहेको इन्टरपोलका एनसीबीले खोजी तीव्र बनाएका हुन।

देशकै केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी कार्यालय र अदालतका फैसला कार्यन्वयन दस्ताको खोजीमा रहेका उनको इन्टरपोलका सदस्य राष्ट्र समेत खोजी गरिरहेका छन्।

चक्रेको हात छिनाएको सजाय

दीपक मनाङे अहिले अर्का गुण्डा नाइके चक्रे मिलन भन्ने मिलन गुरुङलाई २०६१ बैशाख ३१ मा महाराजगंजस्थित चुफाङ रेष्ट्ररेण्टमा तरबार हानेर हात छिनाएको घटनाको अन्तिम फैसला कार्यन्वयनको लागि प्रहरी खोजीमा रहेका हुन।

उनलाई प्रहरीले घटनाको एकवर्षपछि २०६१ चैत १८ मा पक्राउ गरी अदालतमा बुझाएको थियो। काठमाडौँ जिल्ला अदालतले २०६२ बैशाख १३ मा मनाङेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो।

काठमाडौं जिल्ला अदालतले मनाङेलाई कर्तब्य ज्यान मुद्दामा २ वर्ष कैदको सजाय सुनायो। उनी डिल्लीबजार कारागारमा सजाय भुक्तान गरेर २०६३ माघ २८ मा रिहा भएका थिए।

यही मुद्दामा प्रतिवादी रहेका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले भने सफाइ पाएका थिए।

यही मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले पुनरावेदन अदालत पाटनमा पूनरावेदन दियो। पूनरावेदन अदालतले २०६९ मा कर्तब्य ज्यान मुद्दा ठहर गर्दै मनाङेलाई ५ वर्ष कैदको फैसला गरेको थियो। अन्यका हकमा भने जिल्लाकै फैसला सदर भएको थियो।

पूनरावेदन अदालत पाटनको फैसलाको समेत पूनरावेदनका लागि सरकारी वकिलको कार्यालयले सर्वोच्चमा मुद्दा लगेको थियो। मुद्दामा मनाङे बाहेक अन्यका हकमा समेत सजाय माग गरिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पूनरावेदनकै फैसला सदर ग¥यो। यही मुद्दामा दाबी बिरोध नगरेका मनाङे अहिले विश्वका १९२ देशको प्रहरी सूचीमा मोस्ट वान्टेड बनेका हुन।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१