ताजा अपडेट

इन्धन डिपो तत्काल सञ्चालनमा ल्याउने मन्त्रिको प्रतिवद्धता

          |   98 Views   |   Published Date : 18th March 2018 |

apurti-mantri

तुलसीपुर,  चैत्र । तुलसीपुरमा इन्धन डिपो सञ्चालनका बारेमा लामो समयदेखिको अन्यौलताको अन्त्य हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका विच तुलसीपुरमा इन्धन डिपो तत्काल सञ्चालन गर्ने सहमती भएको हो ।

‘मन्त्रीले तत्काल अध्ययन गरेर यसै महिनाबाट इन्धन डिपो सञ्चालनका लागि पहल गर्ने वताउनु भएको छ ’ नगरप्रमुख पाण्डेले वताए । उनले मन्त्री यादवसँग तुलसीपुरमा औद्योगिक क्षेत्र स्थापना गर्ने सम्बन्धमा पनि कुराकानी भएको वताए । उनले स्थानीय तहमा उद्योग दर्ताका विषयमा पनि कुराकानी भएको पाण्डेले वताए ।


यसैविच नगरप्रमुख पाण्डेले वन तथा वातावरणमन्त्री शक्ति बस्नेतसँग पनि भेटघाट गरेका छन् । भेटघाटका क्रममा तुलसीपुरमा वोटानिकल गार्डेन वनाउने वारेमा छलफल भएको समेत वताए । उनले दिगो वन व्यवस्थापना र वन उद्यमका वारेमा मन्त्रीसँग कुरा भएको समेत वताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१